आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । बढी मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अतिथिका रूपमा सम्मान पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?

 Krishna Shrivastav

जोकोही पनि बिरामी भएपछि अस्पताल जान्छ । बिरामी अस्पतालमा भर्ना भएपछि उसका परिवार कुरुवा बस्नुपर्छ । यता, आफन्तजनहरु पनि बिरामी भेट्न आइपुग्छन् । अस्पतालमा भर्ना भएपछि बिरामीदेखि कुरुवा समेतले अस्पतालकै क्याटिनमा खाना खानुपर्ने हुन्छ । चाहे निजी अस्पतालको क्याटिन होस् या सरकारी अस्पतालको । त्यहाँ खानेकुरा महँगा पाइन्छ । त्यस्तै, गुणस्तरहीन हुन्छन् । बाँसी हुन्छ । तर, निजी तथा सरकारी अस्पतालभित्र सञ्चालित क्याटिनको सम्बन्धित निकायले अनुगमन गर्दैन । सरकारी अस्पतालमा मात्र होइन, सरकारी कार्यालयमा सञ्चालित क्याटिनमा पनि यस्तै हुन्छ । क्याटिन व्यवसायीको पोलिसी भनेकै जसरी भएपनि ग्राहकलाई ठगेर पैसा कमाउनु

Breaking News, कविता, देश, मुख्य समाचार, विचित्र संसार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पेन्ट उद्योगहरुको बदमाशी : पेन्टमा प्रयोग हुने सिसा स्वास्थ्यका लागि घातक

 Krishna Shrivastav

वीरगंज । रङ(पेण्ट)मा लेड अर्थात् सिसाका कणसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको छ । नेपाल सरकारले जारी गरेको ९० पिपिएमको मापदण्ड पालना गरेको करिब ८० प्रतिशत उद्योगमा सुधार आएको भएपनि अझ २० प्रतिशत उद्योगले मानव जीवनका लागि जोखिमपूर्ण सामग्री उत्पादन गरिरहेको पाइएको हो। पहिलेको तुलनामा हाल मापदण्ड परिपालनमा सुधारोन्मुख देखिएको भएपनि अझ सुधार हुन आवश्यक रहेको विज्ञहरूको भनाइ छ।यसरी रङ(पेण्ट) उद्योगहरूले प्रयोग गर्ने लेडयुक्त रसायनका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ। यसप्रति विज्ञहरूले चिन्ता पनि व्यक्त गरेका छन्। त्यति मात्र नभई यसले गर्दा गर्भवती महिलालगायत सम्पूर्ण मानव जगतकै लागि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको मनियारीबाट बेवारिसे अवस्थामा दुईबोरा लागुऔषध बरामद

 Krishna Shrivastav

वीरगंज । पर्साबाट प्रहरीले बेवारिसे अवस्थामा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.२२ मनियारी टोल बस्ने देवेन्द्र यादवको खेतबाट प्रहरीले पहेलो रंगको दुईवटा बोराभित्र लुकाईछिपाई राखिएको लागुऔषध बरामद गरेको हो । स्थानीयको सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक धर्मजंग थिङको कमाण्डमा खटिएको प्रहरीले लागुऔषध फेला पारेको हो । प्रहरीले बोराभित्रबाट लागुऔषध डाईजिपाम दुई हजार ३ सय ३५ एम्पुल, नुर्फिन तीन हजार १ सय ६९ र फेनारगन तीन हजार ४ सय ११ एम्पुल गरी जम्मा ८ हजार ९ सय १५ एम्पुल फेला पारेको पर्साका प्रहरी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल

 Krishna Shrivastav

वीरगंज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको गुनासो गरेका छन् । १९ औँ एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि आज आइतबार काठमाण्डौमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन् । उनले भने, ‘सरकारले घोषणा गरेको रकम नआएको भनेर कति पटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ ?’ कप्तान पौडेलले एसियाली खेलकुदका लागि टोलीले राम्रो तयारी गरिरहेको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको चमरीपुलबाट ६४ किलो लागुऔषध चरेशसहित एकजना पक्राउ

 Krishna Shrivastav

वीरगंज । पर्सा प्रहरी ठूलो परिमाणमा लागुऔषध चरेशसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ मा रहेको चमरीपुलबाट ३२ किलोग्राम चरेशसहित एकजनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा पर्सा प्रहरीको टोली नेपालबाट भारततर्फ गइरहेको अवस्थामा जाँचको क्रममा ६४ वटा पोकामा रहेको लागुऔषध चरेश बरामद गरेको छ । प्रहरीले चरेशसहित ठोरी गाउँपालिकाको विजयबस्तीका क्षेत्रबहादुर श्रेष्ठलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जनाए । उनको साथबाट पक्राउ गरिएको मोटरसाइकलको नम्बर भने अनुसन्धानका लागि गोप्य राखिएको प्रहरी भनाइ छ । पक्राउ परेका चरेशसहित व्यक्ति र मोटरसाइकललाई

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्साको जगरनाथपुरकी बिन हत्या प्रकरणमा : प्रहरी अनुसन्धानको संकेत– लुटपाट र लेनदेनका कारण घाँटी रेटी हत्या

 Krishna Shrivastav

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाको मसिहानीमा मृत फेला परेकी कान्ती देबी बिनकोे हत्या लेनदेन र लुटपाटको मनसायबाट ‘प्रेरित’ भएको देखिएको प्रहरीले जनाएको छ । मसिहानी वडा नम्बर ५ मा एक्लै बस्दै आएकी कान्ती २ असोजमा आफ्नै घरमा मृत फेला परेकी थिइन् । घटनाको भोलीपल्ट कान्ती घरबाट ननिस्केपछि स्थानीयले उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर आएको थियो। प्रहरीलाई खबर आउने बितिकै पर्सा प्रहरीको टोली घटनास्थलमा पुग्यो । त्यसपछि मुचुल्का उठाइरहेको प्रहरीलाई थुप्रै आधार फेला प¥यो जसबाट केले र कसले हत्या गरेको ? लगभग प्रहरी यसमा ‘क्लियर’ भयो । अर्थात् धारिलो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 Krishna Shrivastav

वीरगंज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बारा सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सिम्रौनगढ नगरपालिका-८ स्थित जनता माविको भवन निर्माणमा अनियमिता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए। प्रवक्ता दाहालका अनुसार मसासेनी र चौधरीसहित जनता माविको भवन निर्माण समितिका अध्यक्ष रामबाबु प्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। प्रमुख प्रशासकीय अधिकृत

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

 Krishna Shrivastav

बारा । बारामा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक जना मानिसको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टांगिया बस्ती जाने सड्कमा नाम थर वतन नखुलेका करिब ५५ बर्षिय एक पुरुषको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । मानिस मृत्यु भएको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा खटेको टोलीले जंगली हात्तीले आक्रमण गरेको, शरिरमा हात्तीले लछारेको जस्तो देखिएको अबस्थामा लास फेला परेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनुभएको छ । शबलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया बारा पठाईएको छ ।


वीरगंज नाकाका दुबै भन्सार कार्यालय राजश्व लक्ष्य पुरा गर्न फेरि असफल

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज नाकास्थित दुबै भन्सार कार्यालय चालु आर्थिक वर्षको दोस्रो महिनामापनि लक्ष्य अनुसारको राजश्व उठाउन असफल भएका छन् । गत भदौं महिनामा वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली लक्ष्यको ६५.६९ प्रतिशतमात्रै पुगेको छ भने सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजश्व असुलीपनि लक्ष्यको ८५ प्रतिशत मात्रै छ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनामा १९ अर्ब ३८ करोड रुपैयाँ राजश्व असुलीको लक्ष्य पाएकोमा १२ अर्ब ७१ करोड २२ लाख रुपैयाँ मात्रै उठाएको छ । जुन लक्ष्यको ६५.६९ प्रतिशतमात्र हो । कार्यालयका सूचना अधिकृत रामचन्द्र शर्मा ढकालले भदौंमा

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

फेरियों नेपाली चलचित्रको निर्माण शैली , मौलिक विषयवस्तु दर्शकको रोजाइमा

 Krishna Shrivastav

वीरगंज । वि.सं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले ।वि.सं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले ‘लुट’ को प्रदर्शनपश्चात गति लियो । यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो । अभिनेता, पहिरन, छायाङ्कन, लवजसँगै प्रस्तुतिका हिसाबले अन्यभन्दा फरक चलचित्र ‘लुट’ ले नयाँ अध्यायको सुरुआत गर्‍याे । देशमा भइरहेका परिवर्तनले दिएका विषयवस्तु तथा उक्त परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको छ । सामाजिक

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धनुषामा पालिकाले खनाएको खाल्डोमा डुबेर एक बालकको मृत्यु

 Krishna Shrivastav

वीरगंज । धनुषामा पालिकाले ठेक्का लगाएर खनेको खोलाको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेका धनुषाको बटेश्वर गाउँपालिका १ धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतो छन् । शनिबार दिउँसो अन्य दुईजना बालकसंगै खेल्न बिगही खोलामा पुगेका थिए । खाल्टोमा जमेको पानी नुहाउन खोजेका थिए । तर खाल्टोमा चिप्लएर डुबेका बालक लामो समयसम्म ननिस्केपछि संगै गएका बलाकहरुले स्थानीय गुहारेका थिए । खोजेर निकालेर उनलाई प्रादेशिक अस्पताल जनकपुर उपचारका लागि पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । बटेश्वर गाउँपालिका कार्यालयले तीन वर्ष अघि सो खोला

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सशस्त्र र नेपाल प्रहरी कै सेटिङमा भिस्वा नाकाबाट खुलेयाम तस्करी

 Krishna Shrivastav

वीरगंज । पर्साकाे पश्चिमी ग्रामिण भेगमा पर्ने भिस्वा सिमानाकाबाट सशस्त्र र नेपाल प्रहरीकै संरक्षणमा खुलेयाम रूपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ । भिस्वाबाट दैनिक रुपमा चल्ने (नाइट) रात्री बसमा भन्सार छलीका भारतीय कपडा र बच्चाहरु पिउने पावडर दुध प्रहरीकै मिलोमतोमा बसमा हालेर काठमाडौं, पोखरा पठाउने गरेको स्थानिय प्रत्यक्षदर्शीहरुले वताएका छन् । संगठनले दिएको जिम्मेवारीलाई भुलेर सशस्त्र प्रहरी बिओपी बन्जारी भिस्वाका इन्चार्ज बिस्नु हरि थापा र प्रहरी चौकी भिस्वाका इन्चार्ज वरिष्ठ सई रुद्र भट्टले अवैध कारोबार गर्नेहरुसँग साँठगाँठ गरी आर्थिक लाभ लिने गरेका छन । स्थानियहरुका अनुसार दिनमा कम रातिकाे

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा धार्मिक सदभाव बिगार्ने कुनैपनि गतिविधी कसैलेपनि नगर्ने सर्वपक्षीय सहमति

 Krishna Shrivastav

वीरगंज । वीरगन्जमा आइतबार बसेको सर्वपक्षीय बैठकले सबै धर्म र समुदायबिच आपसी सदभाव कायम राख्ने सहमति गरेको छ ।जिल्ला प्रशासन कार्यालय पर्साममा आइतबार बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको हो । उक्त सहमति पत्रमा राजनीतिक दल , नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवा लगायतकाले हस्ताक्षर गरेका छन् । बैठकमा वीरगन्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुरयाउने खालका धार्मिक एंव सामुदायिक प्रकारका रयाली , जुलुश , प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधी कुनैपनि समुदाय र संघसंस्थाले नगर्ने सहमतिपनि गरिएको बैठकमा सहभागी जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए । पर्साका

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

आईटी आर्मीको गरुडा नगर भेला सम्पन्न, ५१ सदस्यीय नगर कमिटी गठन

 Krishna Shrivastav

वीरगंज । पूर्व मन्त्री प्रभू साह नेतृत्वको आम जनता पार्टी निकट रीड संगठन मानिने आईटी आर्मीको गरुडा नगर भेला सम्पन्न भएको छ । अमिन्द्र यादवको अध्यक्षतामा आईटी आर्मीको ५१ सदस्यीय नगर कमिटी गठन गरिएको हो । अध्यक्षमा अमिन्द्र यादव , उपा अध्यक्ष संजय यादव, सचिउ, रञ्जित सहनी, कोषा अध्यक्ष रोशनी सहनी, सदस्यहरु जयराम साह गुप्ता, पसिन्द्र यादव , होसनरायन यादव, लगायतका सर्वसहमतीबाट चयन गरिएको छ । आइटी आर्मीको केन्दीय सदस्य रामसरन यादवले बताए। कार्यक्रममा आजपाका जिल्ला इन्चार्ज त्रिभुवन साह ‘अमर’, आजपाका नेता एवम फतुवा विजयपुर नपाको मेयर प्रत्यासी विजय यादव

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

धार्मिक सद्भाव बिगार्न खोज्नेलाई कानुनको दायरमा ल्याउन वीरगंजका मेयर सिंहको अपिल

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले धर्मको नाममा अराजकता मच्चाएर वीरगन्जको धार्मिक सद्भाव बिगार्न खोज्नेलाई कानुनको दायरमा ल्याइने बताएका छन् । आइतबार बिहानै सामाजिक सञ्जाल फेसबूकको आफनो पेजमा एउटा पोस्ट राख्दै मेयर सिंहले वीरगन्जमा सदियौंदेखि कायम धार्मिक सद्भाव बिगार्न खोज्ने व्यक्तिलाई पहिचान गरेर कानुनको दायरामा ल्याउने बताएका हुन् ।उनले यसको लागि सम्पूर्ण वीरगन्जवासी, राजनीतिक दल, नागरिक समाजका अगुवालाई अगाडि आउन अपिलपनि गरेका छन् । “धर्मको नाममा अराजकता मचाउने वीरगन्जको सदभाव बिगार्न खोज्ने व्यक्तिलाई अब पहिचान गरि कानुनी दायरामा ल्याउन समपूर्ण वीरगन्जवासी, राजनीतिक दल, नागरिक समाजलगायत सबै अब अगाडि आउनु

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाराकाे निजगढमा बाेल्न नसक्ने ११ वर्षिया बालिका बलात्कृत , ६० वर्षिय बृद्ध पक्राउ

 Krishna Shrivastav

वीरगंज । बारामा बोल्न नसक्ने ११ वर्षिया एक बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई जबरजस्ती करणी(बलात्कार ) गरेको आरोपमा प्रहरीले ६० वर्षीय वृद्ध पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बाराकै निजगढ नगरपालिका वडा नम्बर १२ निवासी राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन् । रातिकाे समयमा बलिका बलात्कृत भएकाे खबर पाउनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले तत्कालै बालिकालाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल पुर्‍याएको थियो । लुम्बालाई घटना भएकै रात पक्राउ गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


आफ्नै प्रहरी भईदिएको भए तुरुन्तै दँगा नियन्त्रण गर्न सक्छौँः मुख्यमन्त्री यादव

 Krishna Shrivastav

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश मातहतमा प्रहरी नहुँदा दँगा नियन्त्रण गर्न कठिनाई भएको बताएका छन् । एक टिभी शोमा अन्तरवार्ता दिँदै मुख्यमन्त्री यादवले प्रदेशको मातहतमा आफ्नै प्रहरी नहुँदा विगत केही बर्षदेखि मधेशको जिल्लाहरुमा हुन लागेको धार्मिक दँगा नियन्त्रण गर्न कठिनाई भएको बताए । उनले आफ्नै मातहतको प्रहरी नहुँदा समस्या उत्पन्न भएको बताए । सर्लाहीको मलँगवा घटनामाथि बोल्दै मुख्यमन्त्री यादवले पटक पटक दँगा भएपनि केन्द्र सरकारको गृहमन्त्रीले कुनै उपाय नखोजेको आरोप लगाए । उनले धार्मिक दँगा सुल्गेर पटक पटक कर्फ्यू लागेको घटनामा गृहमन्त्री मौन बस्दा दँगा बढदै गएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

News

बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

News

जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

News

सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

News

लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ