• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्साको जगरनाथपुरकी बिन हत्या प्रकरणमा : प्रहरी अनुसन्धानको संकेत– लुटपाट र लेनदेनका कारण घाँटी रेटी हत्या

  • वीरगंज संजाल
  • Sep 24, 2023, 2:58 pm
  • ७७३

    वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाको मसिहानीमा मृत फेला परेकी कान्ती देबी बिनकोे हत्या लेनदेन र लुटपाटको मनसायबाट ‘प्रेरित’ भएको देखिएको प्रहरीले जनाएको छ । मसिहानी वडा नम्बर ५ मा एक्लै बस्दै आएकी कान्ती २ असोजमा आफ्नै घरमा मृत फेला परेकी थिइन् । घटनाको भोलीपल्ट कान्ती घरबाट ननिस्केपछि स्थानीयले उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर आएको थियो। प्रहरीलाई खबर आउने बितिकै पर्सा प्रहरीको टोली घटनास्थलमा पुग्यो । त्यसपछि मुचुल्का उठाइरहेको प्रहरीलाई थुप्रै आधार फेला प¥यो जसबाट केले र कसले हत्या गरेको ? लगभग प्रहरी यसमा ‘क्लियर’ भयो । अर्थात् धारिलो हतियारको प्रयोगले हत्या भएको घटनाको प्रकृतिले देखायो । अनि प्रहरीले यही आधारमा आफ्नो अनुसन्धान पनि सुरु ग¥यो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनास्थलको मुचुल्का उठाइरहँदा त्यही रहेको एकजना आफन्तको हाउँभाउँ,चालचलनमा भिन्नता पायो ।

    त्यसकारण सुरुमा प्रहरी अनुसन्धान उनै ब्यक्तिबाट सुरु भयो,जो थिए मृतकका नाता पर्ने लालबाबु बिन । प्रहरीका अनुसार बिन नातामा मृतकका देवर पर्ने रहेछन् । अनुसन्धानका लागि सुरुमा बिनलाई नै प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरीलाई लागेको शंका पुष्टि हुँदै गयो तब, जब बिनले आफै स्वीकार गरे हत्यामा संलग्नताबारे । स्रोतका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धान बिनले भने,‘यो हत्या हाम्रो संलग्नतामा भएकोछ, तीनजना मिलेर गरेका हौं,लुटपाटको नियतले जाँदा उसले थाहा पाइ अनि पछि हाम्रो वास्तविकताबारे सबैलाई थाहा पाउँलान भनेर हामीले प्रहार ग¥यौं जसबाट उनको मृत्यु भयो ।’यही बयानको आधारमा थप अनुसन्धान अगाडि बढाउँदा प्रहरीले नातामा देवर पर्ने बिनसहित मृतकका जेठाजु र अन्य एकजनालाई ग¥योे । मृतक बिनका हत्यामा संलग्न धेरै आधारहरु देखिएको भन्दै तीनैजनालाई पक्राउ गरिएको पर्सा प्रहरीले दाबी गर्दै आइरहेको छ ।

    विदेशबाट पैसा आएकै बेला हत्या

    घटनाको अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको बयान छ–‘विदेशमा रहेको छोराले पैसा पठाएको हामीलाई थाहा थियो, पैसा घरमै राखेको छ भन्नेसमेत खबर थियो । त्यही खबरका आधारमा हामीले पैसा लुट्ने योजना बनायौं । जसलाई मूर्तरुप दिन हामी राती सबै सुतिसकेपछि उसको घरमा गयौं। तर ऊसले थाहा पाइ,चिनिसकेसमेत भनेर बोली अनि हामी डराएर उसमाथि प्रहार ग¥यौं । जसकाकारण उसको मृत्यु भयो।’

    प्रहरी अनुसन्धानमाथि प्रश्न
    प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुको अहिलेसम्म यही बयान छ । यो बयानमा उनीहरुले धारिलो हतियार (रड र हसिया) को प्रयोगले हत्या गरेको बताएका छन् । जुन अहिलेसम्म फेला परेको छैन । कहाँ छ हत्यामा प्रयोग भएको हतियार भन्ने प्रहरी प्रश्नमा उनीहरुले बताएको ठाउँमा समेत ‘सर्च’ गर्दा ती हतियारहरु फेला पर्न सकेको छैन । स्रोतका अनुसार हतियारहरु फेला नपरेकै कारण अनुसन्धानमा प्रहरीलाई कठिनाइ आएको छ । त्यसकारण प्रहरीमा कसरी जाने भन्ने अन्यौलता बढेको छ ।

    जसले गर्दा पक्राउ परेकाहरुको बारेमा सञ्चारकर्मीहरुसंगको कुराकानीमा प्रहरीले भनिरहेको छ–परेकाहरुमाथि अनुसन्धान जारी छ , छिट्टै सार्वजनिक गर्छौं । प्रहरीले घटनाका दोषीलाई सार्वजनिक नगर्दा अनेक टिकाटिप्पणी सुरु मात्रै भएका छैनन् प्रहरी अनुसन्धानमाथि प्रश्न उठिरहेको छ । अपराधिक घटनाको अनुसन्धान गर्ने प्रहरीको पहिलो र अनिवार्य जिम्मेवारी पनि हो । अपराध अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरीले विश्वमा अब्बल आफ्नो परिचय बनाइसकेको छ । तर जानकारले भन्छ–यो घटनाले पर्सा प्रहरीमा अनुसन्धानको सवालमा विज्ञता हासिल गरेका प्रहरी कर्मचारीको कमी रहेको संकेत गरिरहेको छ । यो समाचार रेसखबरबाट साभार गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
  • बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    News

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑