वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश मातहतमा प्रहरी नहुँदा दँगा नियन्त्रण गर्न कठिनाई भएको बताएका छन् । एक टिभी शोमा अन्तरवार्ता दिँदै मुख्यमन्त्री यादवले प्रदेशको मातहतमा आफ्नै प्रहरी नहुँदा विगत केही बर्षदेखि मधेशको जिल्लाहरुमा हुन लागेको धार्मिक दँगा नियन्त्रण गर्न कठिनाई भएको बताए । उनले आफ्नै मातहतको प्रहरी नहुँदा समस्या उत्पन्न भएको बताए ।
सर्लाहीको मलँगवा घटनामाथि बोल्दै मुख्यमन्त्री यादवले पटक पटक दँगा भएपनि केन्द्र सरकारको गृहमन्त्रीले कुनै उपाय नखोजेको आरोप लगाए । उनले धार्मिक दँगा सुल्गेर पटक पटक कर्फ्यू लागेको घटनामा गृहमन्त्री मौन बस्दा दँगा बढदै गएको आरोप लगाए । उनले भने, –“तराई मधेशका जिल्लाहरु सीमासँगै छ, भारतबाट ५ किलो प्याज ल्याउनेलाई कारवाही गर्न तुरुन्त नजर जान्छ, तर विगत केही दिनदेखि सर्लाहीको मलँगवा अशान्त छ, अहिलेसम्म नजर गएको छैन ।
हाम्रो प्रदेशको मातहतमा प्रहरी नभएर समस्या भएको छ । हाम्रो मातहतमा प्रदेश प्रहरी भईदिएको भए दँगा नियन्त्रण स्थायी रुपमा गर्न सक्छौँ ।”सर्लाही घटनामा केन्द्र सरकारलाई दोष दिँदै मुख्यमन्त्री यादवले समाजिक सँजालमा आफूलाई गाली गलौच समेत दिएको उल्लेख गरे । उनले आफूलाई गाली गलौच गर्नेलाई कानुनी दायरमा ल्याउने उनले ेचेतावनी दिए । उनले विगत केही बर्षदेखि केही अतिवादीहरुले मधेशमा धार्मिक द्धन्द्ध चर्काउन खोजेको आरोप लगाए । उनले केही दिन अगाडी भनेको कुरालाई पुनः दोहरयाउँदै आफनै प्रहरी भए राज्यको तर्फबाट उपद्रव गर्नेलाई तह लगाउने पुनः चेतावनी दिए ।