वीरगंज । बारामा बोल्न नसक्ने ११ वर्षिया एक बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई जबरजस्ती करणी(बलात्कार ) गरेको आरोपमा प्रहरीले ६० वर्षीय वृद्ध पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा बाराकै निजगढ नगरपालिका वडा नम्बर १२ निवासी राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन् ।
रातिकाे समयमा बलिका बलात्कृत भएकाे खबर पाउनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले तत्कालै बालिकालाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल पुर्याएको थियो । लुम्बालाई घटना भएकै रात पक्राउ गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।