• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    धार्मिक सद्भाव बिगार्न खोज्नेलाई कानुनको दायरमा ल्याउन वीरगंजका मेयर सिंहको अपिल

  • वीरगंज संजाल
  • Sep 24, 2023, 12:13 pm
  • ५७३

    वीरगंज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले धर्मको नाममा अराजकता मच्चाएर वीरगन्जको धार्मिक सद्भाव बिगार्न खोज्नेलाई कानुनको दायरमा ल्याइने बताएका छन् । आइतबार बिहानै सामाजिक सञ्जाल फेसबूकको आफनो पेजमा एउटा पोस्ट राख्दै मेयर सिंहले वीरगन्जमा सदियौंदेखि कायम धार्मिक सद्भाव बिगार्न खोज्ने व्यक्तिलाई पहिचान गरेर कानुनको दायरामा ल्याउने बताएका हुन् ।उनले यसको लागि सम्पूर्ण वीरगन्जवासी, राजनीतिक दल, नागरिक समाजका अगुवालाई अगाडि आउन अपिलपनि गरेका छन् ।

    “धर्मको नाममा अराजकता मचाउने वीरगन्जको सदभाव बिगार्न खोज्ने व्यक्तिलाई अब पहिचान गरि कानुनी दायरामा ल्याउन समपूर्ण वीरगन्जवासी, राजनीतिक दल, नागरिक समाजलगायत सबै अब अगाडि आउनु परेको छ,” सिंहले फेसबुकमा लेखेका छन् । मेयर सिंहसँगै वीरगन्जको नागरिक समाजका अगुवाहरूले पनि सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । वीरगन्जस्थित सिद्धार्थ इन्टरनेशल स्कूलकी प्राचार्य डाक्टर सुष्मा तिवारी द्विवेदीले पनि धर्मको नाममा राजनीति गर्दै समाजलाई भड्काउने प्रयास गर्नेलाई चिन्न आग्रह गरेकी छन् ।

    उनले धर्मभन्दा पनि ठूलो मानवता भएको भन्दै आ–आफ्नो धर्मको सम्मान तथा रक्षा गर्नुका साथै अर्काको अस्तित्वलाई पनि सम्मान गर्नुपर्ने बताएकी छन् ।“हामी सबैसँगै बस्नु छ तब एक अर्कासँग घृणा किन ? मानवता भन्दा ठूलो धर्म कुनै, केहि हुँदैन, आ–आफ्नो धर्मको सम्मान तथा रक्षा गरौँ साथै एक अर्काको अस्तित्वलाई पनि सम्मानका साथ स्वीकार गरौँ । धर्मका नाममा राजनीति गर्ने र समाजलाई भड्काउने प्रयाश गर्नेलाई चिन्न सक्नु पर्छ । जय श्री राम,” फेसबुकमा उनले लेखिकी छन् ।

    सामुदायिक प्रहरी केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर–मुर्लीका अध्यक्ष रामकुमार सर्राफले पनि धार्मिक हिंसा भड्काएर वीरगन्जवासीबिचको एकतालाई खलबलाउन खोज्नेलाई पहिचान गरेर कानुनको दायरमा ल्याउनुपर्ने बताएका छन् । धर्मको नाममा राजनीति गर्दै युवाहरूलाई गुमराह गरेर समाजको भलो नहुने अध्यक्ष सर्राफको भनाई छ । सर्लाहीको मलंगवामा गत शुक्रबार राती भगवान गणेशको मूर्ति विसर्जन गर्ने विषयमा दुई समुदायबिच भएको झडपका क्रममा घाइते भएकाहरूलाई न्याय दिनुपर्ने मागसहित शनिबार वीरगन्ज बजार बन्द गरिएको थियो । बन्दका क्रममा वीरगन्जका विभिन्न स्थानमा हिन्दू र मुस्लिम समुदायका व्यक्तिले एक अर्का विरुद्ध नाराबाजी समेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
  • बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    News

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑