वीरगंज । पूर्व मन्त्री प्रभू साह नेतृत्वको आम जनता पार्टी निकट रीड संगठन मानिने आईटी आर्मीको गरुडा नगर भेला सम्पन्न भएको छ । अमिन्द्र यादवको अध्यक्षतामा आईटी आर्मीको ५१ सदस्यीय नगर कमिटी गठन गरिएको हो । अध्यक्षमा अमिन्द्र यादव , उपा अध्यक्ष संजय यादव, सचिउ, रञ्जित सहनी, कोषा अध्यक्ष रोशनी सहनी, सदस्यहरु जयराम साह गुप्ता, पसिन्द्र यादव , होसनरायन यादव, लगायतका सर्वसहमतीबाट चयन गरिएको छ । आइटी आर्मीको केन्दीय सदस्य रामसरन यादवले बताए।
कार्यक्रममा आजपाका जिल्ला इन्चार्ज त्रिभुवन साह ‘अमर’, आजपाका नेता एवम फतुवा विजयपुर नपाको मेयर प्रत्यासी विजय यादव निर्विज,आईटी आर्मीका मधेश प्रदेश अध्यक्ष नरेश तुराहा, जिल्ला इन्चार्ज बालाशंकर कुशवाहा, रामशरण यादव जिल्ला नेता रविन्द्र यादव, लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
‘बैकले मनोमानी ढंगले लिएको व्याज रकम फिर्ता गर्न संघर्ष गरौ, आईटी आर्मीलाई आम जनताको सेवामा समर्पित गरौं’ भन्ने मूल नाराको साथ नगर भेला सम्पन्न भएको थियो ।