वीरगंज । मुस्लिम आयाेगले सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मलङ्गवा घटनाका सन्दर्भमा ध्यानाकर्षण गराएका हुन् ।
उनले मलगंवासहित मधेस प्रदेशका केही जिल्लाहरुमा अराजक तत्त्वहरूले धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेको भन्दै दोषीलाई कडा कारबाहीको मागपनि गरे ।
उनले मलङ्गवामा कर्फ्युको बाबजुदपनि मुस्लिम समुदायको घरघरमा लुट्ने, चेलिबेटीलाई दुर्व्यवहार गर्ने कार्य भइरहेको भन्दै दोषीलाई हदैसम्मको कारबाही गर्न गृह मन्त्री श्रेष्ठसंग आग्रह गरे । अध्यक्ष अन्सारीले मुस्लिम समुदाय सदैव शान्ति, समृद्धि र देशको उन्नति प्रगतिको पक्षमा रहेकोपनि बताए ।