• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?

  • वीरगंज संजाल
  • Sep 24, 2023, 6:31 pm
  • ७५७

    जोकोही पनि बिरामी भएपछि अस्पताल जान्छ । बिरामी अस्पतालमा भर्ना भएपछि उसका परिवार कुरुवा बस्नुपर्छ । यता, आफन्तजनहरु पनि बिरामी भेट्न आइपुग्छन् । अस्पतालमा भर्ना भएपछि बिरामीदेखि कुरुवा समेतले अस्पतालकै क्याटिनमा खाना खानुपर्ने हुन्छ । चाहे निजी अस्पतालको क्याटिन होस् या सरकारी अस्पतालको । त्यहाँ खानेकुरा महँगा पाइन्छ । त्यस्तै, गुणस्तरहीन हुन्छन् । बाँसी हुन्छ । तर, निजी तथा सरकारी अस्पतालभित्र सञ्चालित क्याटिनको सम्बन्धित निकायले अनुगमन गर्दैन । सरकारी अस्पतालमा मात्र होइन, सरकारी कार्यालयमा सञ्चालित क्याटिनमा पनि यस्तै हुन्छ । क्याटिन व्यवसायीको पोलिसी भनेकै जसरी भएपनि ग्राहकलाई ठगेर पैसा कमाउनु हो । आर्थिक अवस्था कमजोर भएका बिरामीका परिवारहरु अस्पतालको क्याटिनमा खानेकुरा किनेर खान सक्दैँन । किनकि क्याटिनमा त्यति धेरै महँगो लिइन्छ खानेकुराको । क्याटिन व्यवसायीले आफुखुशी खानेकुराको मूल्य निर्धारण गरेर आम नागरिकलाई ठग्दा समेत सरकार मौन छ । कानूनमा खानेकुराको मूल्य निर्धारण सरकारले गर्नुपर्ने उल्लेख छ ।

    तर, सरकार खानेकुराको मूल्य निर्धारण त गर्दैन नै अनुगमन पनि गर्दैन । जनताको हितमा काम गर्नुपर्नेमा सरकार क्याटिन व्यवसायीहरुको हितमा काम गर्छ । क्याटिनले आम नागरिकलाई गुणस्तरहीन खानेकुरा महँगोमा बेच्दा समेत न महानगरपालिकाले अनुगमन गरेर कारबाही गर्छ न नगरपालिकाले नै ।
    अधिंकाश क्याटिन सरकारी भवनमा सञ्चालन भएको पाइन्छ । यसरी सरकारी भवनमा क्याटिन राखेबापत सञ्चालकले त्यसको भाडा तिर्दैन । त्यस्तै, बत्ती, पानी र फोहोरको रकम पनि तिर्दैन । जतिपनि सरकारी अस्पतालभित्र क्याटिन सञ्चालन भएका छन्, ती सबै त्यँहीका कर्मचारीको मिलेमत्तोमा सञ्चालन भएको छ । कर्मचारीहरु कार्यालय जान्छ हाजिर गर्छन् अनि क्याटिनतिर काम गर्न लाग्छन् । जनताले तिरेको करबाट काम नै नगरी उनीहरु तलब भत्ता पचाउँछन् । सरकारी कार्यालयमा क्याटिन सञ्चालन गर्न टेण्डर आह्वान गरिदैँन । हाकिमकै आफन्त वा परिवारले क्याटिन सञ्चालन गर्छ । जबकि सरकारी कार्यालयमा क्याटिन सञ्चालन गर्न टेण्डर आह्वान गर्नुपर्छ । यदि टेण्डर आह्वान गरेर बाहिरको मानिसलाई क्याटिन सञ्चालन गर्न दिएमा राज्यको ढुकुटीमा लाखौं राजस्व संकलन हुन्थ्यो । एउटा क्याटिन सञ्चालन गरेबापत महिनामै ५० हजारदेखि तीन लाखसम्म भाडा र बत्ती, पानी र फोहोरको समेत पैसा राज्यलाई आउन्थ्यो । अहिले सरकारी कार्यालयमा सञ्चालन भएका क्याटिन व्यवसायीहरुले राज्यलाई एक सुको तिर्दैनन् । न भाडा तिर्छन् न बत्ती, पानी र फोहोरको रकम । उल्टै ग्राहकसँग भने खानेकुराको महँगो शुल्क उठाउँछन् । सरकारी कार्यालयमा सञ्चालन भएका अधिंकाश क्याटिनले स्वीकृति लिएको छैन ।

    बिना स्वीकृति क्याटिन सञ्चालन हुँदा राज्यको ढुकुटीमा आउनुपर्ने राजस्व गुमेको छ । सरकारी कार्यालय वा अस्पतालमा क्याटिन सञ्चालन गर्नेले राज्यदेखि ग्राहकसम्मलाई ठगेको पाइन्छ । अधिंकाश क्याटिन कर्मचारीकै आफन्तले सञ्चालन गरेको हुँदा पनि यस्ता कुरा अहिलेसम्म बाहिर नआएको छ ।
    कर्मचारीहरु कार्यालयमा हाजिर गरेपछि क्याटिनतिर लाग्छन् । त्यँहा गएर सित्तैमा खाना, खाजा खानुका साथै दिनभर गफ हाकेर बस्छन् । त्यस्तै, क्याटिनमा आवश्यक पर्ने खानेकुराहरु पनि सरकारी गाडीको प्रयोग गरेर ल्याउने गरेको पाइन्छ । यो सरासर सरकारी गाडीको दुरुपयोग हो ।
    क्याटिनमा काम गर्ने श्रमिकलाई शोषण गरिन्छ । कतिपयलाई बिना तलब काम लगाइन्छ त कतिपयलाई थोरै तलब दिइन्छ । सरकारी अस्पतालमा आउने भनेकै गरिब जनता हुन् । कतिपयको त बिरामी उपचार गर्दागर्दै पैसा सकिन्छ । यस्तो अवस्थामा बिरामी वा कुरुवालाई भोक लाग्दा क्याटिनमा उधारोमा खानेकुरा दिइदैँन । पैसा नै चाहिन्छ । गाउँबाट आएका आर्थिक अवस्था कमजोर भएका तथा जुत्ता, कपडा च्यातिएको लगाएका बिरामी वा बिरामीलाई परिवारलाई सरकारी अस्पतालको क्याटिनमा खानुअघि नै पैसा मागिन्छ । यति मात्र नभई उनीहरुलाई अशिक्षित, सोझो देखेर अरुलाई लिनेभन्दा महँगो रकम लिइन्छ खानेकुराको । सरकारी अस्पतालमा होस् या कार्यालयमा त्यँहीका कर्मचारीहरुलाई क्याटिन व्यवसायीले सस्तोमा गुणस्तरीय खानेकुरा दिन्छन् । तर, बाहिरका मानिससँग महँगो शुल्क लिएर पनि गुणस्तरहीन खानेकुरा दिन्छन् । सरकार भन्छ, सार्वजनिक स्थलमा सुत्र्ती, मदिरा तथा अन्य नशालु पदार्थको प्रयोग गर्न पाइदैँन । गरे कानूनबमोजिम कारबाही हुन्छ ।

    तर, यहाँ त सरकारी कार्यालयका हाकिमको कोठाभित्र नै गुट्खा, सुत्र्ती र मदिरा भेटिन्छन् । यति मात्र नभई कार्यालयको क्याटिनमा समेत यस्ता पदार्थहरुको बिक्रीवितरण भइरहेको पाइन्छ । सरकार हरेक क्षेत्रमा राजस्व उठाउन असफल हुदैँ आएको छ । आफ्रनै भवनको प्रयोग गरेबापत पनि सरकार राजस्व उठाउँदैन । सरकारले हरेक क्षेत्रबाट राजस्व संकलन गर्ने र यस्ता व्यवसायीलाई कानूनको दायरमा ल्याउने हो भने अहिले राजस्व संकलनमा आएको गिरावट केही मात्रामा कम हुन्थ्यो होला । तर, सरकार यसतर्फ ध्यान दिदैँन । अहिले व्यवसायीदेखि घरधनी समेतले राज्यलाई राजस्व छलेको छ ।
    व्यवसायीहरु व्यवसाय गरेर महिनामै लाखदेखि करोड आम्दानी गर्छन् । तर, राज्यलाई राजस्व तिर्दैनन् । अहिले पनि अधिंकाश पसल वडा कार्यालय तथा नगरपालिकामा दर्ता भएको पाइदैँन । यता, घरधनीहरु पनि करोडौं खर्चिएर घर बनाउँछन् । भाडामा लगाएर मासिक लाखौं आम्दानी गर्छन् । राज्यलाई भने घरबहाल कर छल्छन् । सरकारी कार्यालय तथा अस्पतालको क्याटिनमा सडेका, गलेका खानेकुरा पकाइन्छ । यस्ता खानेकुरा खाँदा अधिंकाश मानिस बिरामी पर्छन् । उनीहरुमा झाडा पखाल लाग्ने, पेट दुख्ने, टाउको दुख्नेजस्ता समस्या देखा पर्छन् । सरकारी कार्यालय तथा अस्पतालका क्यानिटहरु फोहोरले हेरिनसक्नु हुन्छन् । यता, शौचालयहरु पनि फोहोरका कारण गइसक्नु हुदैँन । बिरामी, बच्चा तथा बुढाबुढीले थोरै मात्र खानेकुरा खान्छन् । तर, क्याटिनमा उनीहरुलाई छुट दिइदैँन । थोरै खानेकुरा खाँदा पनि अरु सामान नै महँगो पैसा लिइन्छ । बिरामी भएर मानिस उपचारका लागि अस्पताल जान्छ ।
    तर, क्याटिनमा पाइने त्यस्ता गुणस्तरहीन खानेकुरा खाँदा बिरामी झन् बिरामी हुन्छ । सरकार जनतालाई गुणस्तरीय उपचार सेवा दिने भन्दै अस्पताल खोल्छ । तर, अस्पतालका क्याटिन व्यवसायीले गुणस्तरहीन खानेकुरा बेचेर बिरामी नभएको मान्छेलाई समेत बिरामी बनाउँछ ।

    जनता उपचारका लागि गाउँदेखि सहरसम्म तथा दुर्गमदेखि सुगमसम्म आउँछन् । सहरमा बस्ने ठाउँ नभएर कतिपय महँगो भाडा तिरेर होटलमा बस्छन् त कतिपय सडकमै सुत्छन् । तर, अस्पतालका क्याटिन व्यवसायीहरु यो देख्दैँनन् । उनीहरलाई जेजसरी भएपनि जनता ठग्नुछ । अहिले पनि अस्पतालमा कुरुवा बसेका अधिंकाश बिरामीका परिवारहरु भोकभोकै भेटिन्छन् । उपचार खर्चकै जोहो गर्न मुस्किल परेका उनीहरु क्याटिनमा खाना खाने कुरा बारे त सोच्दा नि सोच्दैँनन् । तर, यस्ता बिरामी तथा बिरामीका कुरुवाका लागि कुनै पनि संघसंस्था तथा व्यवसायीले अस्पतालकै छेउछाउमा निःशुल्क रुपमा खानेकुराको व्यवस्थापन गरिदिएको पाइदैँन । अहिले पनि पैसा हुनेहरु मोटाएका छन् त पैसा नभएकाहरु भोकभोकै बस्नुपरेको छ । पछिल्लो समय उपत्यकाभित्र तथा बाहिरका जिल्लामा टोलैपिच्छे गेट बनाएर टोलको नाम राखिएको पाइन्छ ।

    त्यस्तै, धर्मको नाममा राजनीति भइरहेको छ । अहिले आफुसँग भएको रकम धर्म गर्ने भन्दै विभिन्न संघसंस्थामा लगेर खान गरिन्छ । त्यहाँ गएर नाचगान गरिन्छ, रमाइलो गरिन्छ । तर, दुःख परेकालाई सहयोग गर्नुपर्छ, खान नपाएकालाई खान दिनुपर्छ भन्ने कुरा मानिसबाट हटेको छ । अहिले चर्चामा आउनका लागि मानिसहरु आफुले विभिन्न संघसंस्थालाई यति सहयोग गरेको दाबी गर्छन् । तर, दुःखी गरिबलाई भने एक छाक खान पनि दिदैँनन् । उपचार खर्च तिर्न नसकेर जनता अस्पतालमा बन्धक बस्नुपर्छ । खाना नपाएर जनता सडकमा भौतारिएका छन् । तर, हाम्रा राजनीतिक दलका नेता तथा राष्ट्रपति र कर्मचारीहरु ग्याट्रिक भयो भने नि उपचार गर्न विदेश धाउँछन् । अनि कसरी जनताले सेवासुविधा पाउँछन् ? कहिले आउँछ राजनीतिक दलका नेता र सरकारी कर्मचारीमा चेतना ?
    रुषा थापा
    भक्तपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन
  • २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ
  • पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी
  • जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    चिरीबाबुलाई रास्वाप का सांसद आशिका तामाङ को प्रश्न फिनिस कम्पनीको सम्झौता फिनिस गर्न कसको सरकाले रोक्यो

    तीन वर्षीया गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङले छलफल गर्ने https://britantnews.com/2026/08/22/49142/home-minister-gurung-to-hold-discussions-with-the-parents-of-three-year-old-garima-chaudhary/

    विदेशमा छोराछोरी, विभाजित नेपाली समाज

    नेपालसहित ७५ देशका नागरिकलाई भिसा नदिने ट्रम्प प्रशासनको निर्णयलाई रोक्यो अदालतले

    ‘पूर्वराजाले शुभकामना दिनुभएको छ, स्थानीय चुनावमा भाग लिन्छौं’

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन

    News

    २ बर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

    News

    पूर्वराजा ज्ञानेन्द्र शाहसँग जय नेपाल पार्टीका सभापति धवल शम्शेरले गरे दुई घन्टा कुराकानी

    News

    जब ७ वर्षीय छोरालाई बाटोमै छाडेर बुबा माउन्टफुजीको हाइकिङमा निस्कए…

    News

    वीरगञ्जमा हरि खेतान कलेजका ३० विद्यार्थीलाई एनसीसी सिनियर डिभिजनको १०० दिने तालिम सुरु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑