

वीरगंज | मुम्बई प्रहरीले बलिउड अभिनेता टाइगर श्रफमाथि गोली प्रहार घटनामा आक्रमणकारीहरूले प्रयोग गरेको मोटरसाइकल बरामद गरेको छ। गोली प्रहारपछि आक्रमणकारीहरू अन्धेरी पश्चिमतर्फ भागेको र त्यहीँ मोटरबाइक बरामद गरिएको अनुमान छ।
मोटरसाइकलको बरामदीले प्रहरीलाई सिसिटिभी फुटेज परीक्षण गर्ने र आक्रमणकारी भागेको सम्भावित रुट पत्ता लगाउन नयाँ सुराक मिलेको छ।



आइतबार साँझ जुहुमा टाइगरको कारमा गोली प्रहार भएको थियो। प्रत्यक्ष गोली लाग्नबाट बचे पनि दायाँ हातमा बारुदको छर्रा लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। टाइगर नानवती अस्पतालमा उपचार गराएर डिस्चार्ज भएका छन्।
उपमुख्यमन्त्री एकनाथ सिन्देले टाइगरको बिएमडब्लूमा पाँच राउन्ड गोली प्रहार भएको बताए। टाइगरका चालक फिरदौसको बायाँ हातमा गोलीको चोट लागेको र उनी नानवती अस्पतालमै उपचाररत रहेका बताइएको छ।
प्रहरीले अनुसन्धानका क्रममा सान्ताक्रुजबाट संदिग्ध एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। ती व्यक्तिको पहिचान र शंकास्पद भूमिका खुलाइएको छैन।


