

वीरगंज | बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका –६ पन्धाराका नन्दु नेपाली र बडीमालिका नगरपालिका –२ जुगेडाका स्थानीय मानबहादुर विष्टको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएका हुन् ।
“घरमा कोही नभएको समयमा अज्ञात समूहले आगो लगाइदिँदा पूरै घर जलेर नष्ट भएको त्रिवेणी नगरपालिका–६ का स्थानीय नन्दु नेपालीले बताउनुभयो।“उहाँले भन्नभुयो, “ अहिले गाउँका सबै स्थानीयहरु आएर आगो नियन्त्रणमा लिने काम भइरहेको छ । बिहानको समय भएकोले त्यहाँ मानवीय तथा गाई गोरुमा भने केही क्षति भएको छैन् । ”



अरु घरमा राखेको अन्नपात लुगाकपडा धन सम्पती सबै जलेर नष्ट भएको आगलागी पीडित नेपालीले बताउनुभयो ।
त्यसै गरी बडीमालिका नगरपालिका .–२ जुगेडा बस्ने मानबहादुर बिष्टको घरको भान्सामा आगलागी हुँदा त्यहाँ राखेको अन्नपात, लत्ताकपडा, भाडावर्तन सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


