१०औँ राष्ट्रिय खेलकुदमा मधेशलाई साहेब गिरीको कांस्य पदक
वीरगंज संजाल
Nov 28, 2026, 2:07 pm
९००
शेयर
वीरगञ्ज । कर्णाली प्रदेशको रुकुम पश्चिममा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठन (बडीबिल्डिङ) विधामा मधेश प्रदेशका खेलाडी साहेब गिरीले कांस्य पदक जितेका छन्।
७५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका गिरीले तेस्रो स्थान हासिल गर्दै मधेश प्रदेशका लागि कांस्य पदक जितेका हुन्। उनको यस सफलताले मधेश प्रदेशसँगै वीरगञ्जको खेलकुद क्षेत्रलाई पनि गौरवान्वित बनाएको छ।
वीरगञ्ज निवासी गिरी लिङ्क रोडस्थित मसल बैंक जिम क्लब (Muscle Bank Gym Club) मा नियमित प्रशिक्षण गर्दै आएका छन्। उनी सोही क्लबमा प्रशिक्षक (ट्रेनर) का रूपमा समेत कार्यरत छन्।
खेलकुद क्षेत्रमा लामो समयदेखि सक्रिय गिरीले राष्ट्रियस्तरको प्रतियोगितामा पदक हासिल गर्नु उनको मेहनत, लगनशीलता र निरन्तर अभ्यासको प्रतिफलका रूपमा लिइएको छ। गिरीको यस उपलब्धिले वीरगञ्ज तथा मधेश प्रदेशका खेलप्रेमीहरूमा खुसी थपेको छ।