

बारा । सिकिन्द्र साह । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. १०, टोल देवापुर टेटामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी सहायक निरीक्षक (असई) सावित्री घर्ती र प्रहरी हवल्दार मुकेश यादवको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।



कार्यक्रममा प्रहरीले स्थानीयसँग कुराकानी गर्दै अहिलेको अवस्थामा मानिस खाली हात आएको छ, खाली हात नै जाने हो भन्दै सम्झाउनुभयो। दाजुभाइको झगडा लिएर आमा-बुवालाई दुःख दिनु हुँदैन, अन्तमा बुवाको सम्पत्ति आफ्नै हुन्छ भन्ने उहाँको भनाइ थियो।
त्यस्तै सानो विवाद लिएर प्रहरी चौकी धाउनुपर्ने आवश्यकता छैन, त्यसैले सबैले मिलेर जानुपर्छ र समाजमा भाइचारा कायम गर्नुपर्छ लगायतका विषयमा स्थानीयसँग छलफल गरी कार्यक्रम सम्पन्न गरिएको थियो।


