

जनकपुरधाम । धनुषामा छठघाटमा भएको हत्या घटनाका फरार प्रतिवादी जयकुमार यादवलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
मंसिर १२ गते साँझ नगराइन नगरपालिका–२ जटही–रायपुर सडकखण्डस्थित नेपाल–भारत सीमा क्षेत्रमा भाग्न खोज्दा शहीदनगर–२ का करिब ३० वर्षीय यादवमाथि प्रहरीले पाँच राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



खुट्टामा तीन गोली लागेका घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरमा मध्यम अवस्थामा उपचार भइरहेको छ। गत कात्तिक ३० गते बिहान शहीदनगर–२ स्थित धनी पोखरीमा छठघाटको पूजासामग्री कुरिरहेका करिब ६० वर्षीय रामजतन यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा उनी फरार थिए।


