

वीरगञ्ज। नवमीको पावन अवसरमा समृद्ध नेपाल फाउन्डेसनले वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरबाहिर प्रसाद वितरण कार्यक्रम आयोजना गरेको थियो । धार्मिक आस्था र सेवाभावलाई आत्मसात् गर्दै फाउन्डेसनका अध्यक्ष ताहिर अहमद सुरज सर्राफ तथा संस्थाका अन्य सदस्यहरूको सक्रिय सहभागितामा प्रसाद वितरण गरिएको हो।
कार्यक्रममा करिब ५०० देखि ६०० जनाले प्रसाद ग्रहण गरेका थिए। नवमीको अवसरमा मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु तथा उपस्थित व्यक्तिहरूलाई प्रसाद वितरण गरिएको थियो। संस्थाका अध्यक्ष सर्राफसहित अन्य सदस्यहरूले सामूहिक रूपमा प्रसाद वितरण गर्दै धार्मिक तथा सामाजिक सेवामा आफ्नो सहभागिता जनाएका थिए।



समृद्ध नेपाल फाउन्डेसनले धार्मिक तथा सामाजिक अवसरमा समुदायसँग जोडिएर सेवा गर्ने उद्देश्यसहित आयोजना गरेको यस कार्यक्रमले श्रद्धालुहरूबीच सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्न सहयोग पुर्याएको छ।


