• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    सशस्त्र र नेपाल प्रहरी कै सेटिङमा भिस्वा नाकाबाट खुलेयाम तस्करी

  • वीरगंज संजाल
  • Sep 24, 2023, 2:06 pm
  • ६२१

    वीरगंज । पर्साकाे पश्चिमी ग्रामिण भेगमा पर्ने भिस्वा सिमानाकाबाट सशस्त्र र नेपाल प्रहरीकै संरक्षणमा खुलेयाम रूपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ । भिस्वाबाट दैनिक रुपमा चल्ने (नाइट) रात्री बसमा भन्सार छलीका भारतीय कपडा र बच्चाहरु पिउने पावडर दुध प्रहरीकै मिलोमतोमा बसमा हालेर काठमाडौं, पोखरा पठाउने गरेको स्थानिय प्रत्यक्षदर्शीहरुले वताएका छन् । संगठनले दिएको जिम्मेवारीलाई भुलेर सशस्त्र प्रहरी बिओपी बन्जारी भिस्वाका इन्चार्ज बिस्नु हरि थापा र प्रहरी चौकी भिस्वाका इन्चार्ज वरिष्ठ सई रुद्र भट्टले अवैध कारोबार गर्नेहरुसँग साँठगाँठ गरी आर्थिक लाभ लिने गरेका छन । स्थानियहरुका अनुसार दिनमा कम रातिकाे समयमा बढी तस्करी भइरहेकाे छ ।

    पर्साको पश्चिमी दक्षिणि भेगमा पर्ने भारतीय प्रसिद्ध बजार सिक्टा बजारसंँग जोडिएको भिस्वा सिमानाकाबाट नेपालतर्फ खानेतेल, चिनी, पौडर दुध, मिठा गेहु लगायतका खाद्यान्न, बोइलर कुखुरा, भैंसी पाडा, खसीबोका, माछा र भारतीय ब्रान्डका रजनीगन्धा, गुटखा जस्ता सूर्तीजन्य पदार्थ, लत्ताकपडा, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, स्पेयर पार्टस्, प्रतिबन्धित औषधी, भाँडाकुडा, कस्मेटिक तथा खेलकूद लगायतका सामग्रीहरु मोटरसाइकल, साइकलका माध्यमबाट लाखौं लाख राजस्व छलेर दैनिक लाखौँ र मासिक करोडौं मूल्य बराबरको अवैध कारोबार खुलेआम भइरहेको स्थानियकाे दाबी रहेकाे छ । यस्तै बिहार सरकारले मदिरा उत्पादन तथा बिक्री बितरणमा रोक लगाएका कारण नेपालबाट भारततर्फ घरेलु मदिरा र सिल प्याक मदिराको पनि तस्करी भइरहेको छ । डिउटीमा खटेका सशस्त्र र नेपाल प्रहरीले तस्करलाई छुट र सर्वसाधारणलाई दु:खसमेत दिने गरेकाे स्थानियहरु वताउँछन् ।

    पर्साका नामुदत तस्कर मुना जैसवाललाई तस्करीको लाईन

    वर्षौँदेखि तस्करीलाई नै आफ्नो व्यवसाय बनाएका पर्साको भिस्वाका किशोर जयसवाल र उनका छोरा मुन्ना जयसवालको तस्करी धन्धा पुनः सुरु भएको पाइएको छ । छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वा निवासी किशोर जयसवाल र मुन्ना जयसवालले भिस्वा बजारबाट भारतको सिकटा बजारसम्म पु¥याउने तस्करीको धन्धा अहिले व्यापक बढेको पाइएको हो । उनीहरू नेपाल प्रहरीको भिस्वा चौकी र सशस्त्र प्रहरी बन्जारीका हाकिमहरूसँग सेटिङ मिलाएर दैनिक लाखौँ मूल्य बराबरको सुपारी, मटर (केराउ), मरीच, युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान र स्याउ, नस्पातीको तस्करी गर्दै छन् ।

    बाबुछोरा दुवै जनाले आफ्ना नजिकका व्यक्ति रामु जयसवाल र हरि कोईरीलाई राखी सुपारी, मटर (केराउ), मरीच युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामानहरूको तस्करी गर्दै आइरहेका छन् । उनिहरुले बजार ब्यवस्थापन समितीको नाममा समेत समान ल्याएर भारत कटाउने गरेका छन । नेपाल–भारत बोर्डरको दशगजा क्षेत्र नजिक भिस्वा बजार र भारतको सिक्टास्थित एक राईस मिलमा गोदाम राखी स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा तस्करीको मालसामान आयात निर्यात गराउँदै आएको स्थानीयले बताएका छन् । नाम नलेख्ने सर्तमा एक जना स्थानीयले भने, ‘‘मुन्ना जयसवालले भिस्वा बजारमा नै एक गोदाम राखेका छन्, जुन भारतको सीमासँग करिब ९०/१०० मिटरको दुरीमा होला’, उनले अगाडी भने,‘

    उक्त गोदामबाट रातीको समयमा स्थानीय करिब १ सय ५० जनाभन्दा बढी कामदारमार्फत प्रहरीको मिलेमतोमा दैनिक लाखौँ मूल्य बराबरको तस्करीको सामान भारत पठाउने गरेका छन् । यिनीहरूको माल कटाउनको लागि सिक्टाको पप्पु र भिस्वाको लड्डुले कामदारहरू ल्याई ठेक्का लिई भारततर्फ माल कटाउने गरेको बताइएको छ । उनीहरूले राती मात्र नभई दिनमा पनि २०–२५ महिलाको प्रयोग गरी आधा आधा बोरा गरेर दिउँसो पनि सामान कटाउने गरेको त्यहाँ जाने जोकोहीले देख्ने गरेका छन् । स्थानीय प्रहरी मात्र नभई जिल्लाका प्रहरी अधिकृतलाई समेत मिलाई उक्त ठाउँबाट ठुलो मात्रामा तस्करी हुने गरेको स्थानीय जानकारकाे दाबी छ । यो समाचार कालिका टाइम्सबाट साभार गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग
  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
  • राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)
  • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    राष्ट्रियसभा बैठक प्रारम्भ

    बुधबार प्रतिनिधिसभा बैठक बस्दै

    धनकुटाको औद्योगिक ग्राममा १४ ब्लक, सञ्चालनमा भने ८ उद्योग मात्र

    रसुवाका बाढीपीडितका लागि जगरनाथपुर गाउँपालिकाले १५ लाख सहयोग गर्ने

    वीरगन्जमा ब्राउन सुगरसहित ३ भारतीय युवक पक्राउ

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    News

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    News

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    News

    मुस्ताङमा उच्च घनत्वको स्याउ टिप्न सुरू, बजारमा बढ्दो माग

    News

    राष्ट्रियसभा बैठक प्रारम्भ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑