धनुषा नजिक दशगजा पारी गोली दागेर एक महिलाको हत्या

 Krishna Shrivastav

वीरगंज । नेपाल भारत सीमा क्षेत्र धनुषाको मुखियापट्टि मुसहरनिया स्थित दशगजा पारी गोली प्रहार गरी एक महिलाको हत्या भएको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिका २ बेल्ही स्थित दशगजा पारी राति ८ः२० बजे एक ३५ वर्षीया महिलाको गोली दागेर हत्या भएको हो । घटना मोटरसाइकलमा सवार भएर दुईजनाको समूहमा आएका अज्ञात व्यक्तिले दुई राउन्ड गोलि प्रहार गरी भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै धनुषा प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । मृतक महिला नेपाली हुन् वा भारतीय परिचय खुलेको छैन । घटनास्थल सीमा पारी भएकाले भारतीय प्रहरीले लास पोस्टमार्टमका लागि लगेको धनुषाका प्रहरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महोत्तरीमा डिएसपीमाथि आक्रमण, दायाँ खुट्टा भाँचियो

 Krishna Shrivastav

वीरगंज । महोत्तरीको जलेश्वरमा एक डिएसपी कुटिएका छन् । धनुषाको प्रदेश पहरी गणमा कार्यरत्त डिएसपी चन्देश्वर यादव गत बिहीबार राति १० बजे कुटिएका हुन् । जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा सो घटना भएको हो । उनको दायाँ खुट्टा भाँचिएर गम्भीर घाइते भएका छन् । उनले स्थानीयसामू आफूलाई बचाउन गुहार मागेकापछि प्रहरीले उनको तत्काले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएको थियो । उनको उपचार अहिले काठमाडौं स्थित प्रहरी अस्पतालमा भइरहेको छ । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले के कति कारणले कसले आक्रण गरेको भन्ने नखुलेको बताए । घटनाको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पर्सा ट्राफिक प्रहरीकाे दादागिरी, महिनवारी नदिने गाडी चल्न नदिने

 Krishna Shrivastav

वीरगंज । पर्सामा ट्राफिक प्रहरीले महिनावारी नदिने ठूला सवारी साधनकाे अवागमनमा अवराेध पुर्याइरहेका छन् । ट्रिपर, ट्रक लगायतका मालवाहक सवारी साधन संचालनमा पर्सा ट्राफिक प्रहरीले अवराेध पुर्याउने गरेकाे सवारी धनिहरुले वताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतमा खटिने वीरगंजकाे पावर हाउस चाैक, परवानीपुर, ड्राइपाेर्ट, पाेखरिया लगायतका ट्राफिक प्रहरीले ठुला सवारी साधनहरुबाट महिनवारी बुझ्ने गरेका छन् । महिनवारी नदिने गाडीहरुलाई ट्राफिक प्रहरीले विभिन्न वहानामा दु:ख दिने गरेकाे सवारी चालकहरुले गुनासाे गरेका छन् । विशेष गरेर भारतिय गाडीहरुलाई राेकेर विभिन्न वहानामा विना रसिद अवैध रकम असुल्ने गरेका छन् । दिनहु

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको नारायणी अस्पतालमा एमआरआई मेसिन ४ महिनादेखि अलपत्र

 Krishna Shrivastav

वीरगंज । वीरगन्जको नारायणी अस्पतालमा ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिन चार महिनादेखि प्रयोग विहिन अवस्थामा अलपत्र परेको छ । संघ सरकारको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत खरिद गरेको एमआरआई मेसिन नारायणी अस्पतालमा गत चैत अन्तिम हप्ता नै आइपुगेको थियो ।तर अस्पताल प्रशासनको लापरवाहीका कारण उक्त मेसिन अहिलेसम्म पनि सञ्चालनमा भने आउन नसकेर अलपत्र परेको हो । यसअघि गत जेठ २५ मा अस्पताल प्रशासन स्वयंले एक सूचना नै जारी गरेर अस्पतालमा एमआरआई सेवा गत असार १५गते देखि नै सुरु

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजमा पानीको समस्या समाधान नगरिए आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी

 Krishna Shrivastav

वीरगंज । जनमत पार्टी पर्साले वीरगन्जमा अहिले भएको खानेपानीको हाहाकार र अघोषित लोडसेडिङको समस्या तत्काल समाधानको माग गर्दै सम्बन्धित निकायमा ध्यानाकर्षण गराएको छ । जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सरार्फको नेतृत्वको टोलीले आइतबार वीरगन्जस्थित नेपाल खानेपानी संस्थान र नेपाल विद्युत प्राधिकरणको कार्यालयमा पुगेर ध्यानाकर्षण गराएको हो । वीरगन्जमा देखिएको खानेपानीको विकराल समस्या समाधानको लागी खानेपानी संस्थानका प्रमुखलाई भेटेर आग्रह गरिएको संयोजक सर्राफले बताए । यस्तै आइतबार नै विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा पनि पुगेर कार्यालय प्रमुखलाई भेटेर अनियमित लोडसेडिङको समस्या समाधानका लागि आग्रह गरिएको उनले बताए ।यदि यी दुवै समस्या

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

वीरगंजको इनर्वामा रहेको विद्यालयमा १७५ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । आइतबार विद्यालय परिसरमै आयोजित कार्यक्रममा विद्यालयको कक्षा १ देखि ८८ सम्ममा अध्ययनरत छात्रा , दलित एंव विपन्न समुदायका गरि १७५ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले छात्रवृति बापत विद्यार्थीहरुलाई नगद चार सय रुपैयाँ दरले रकम वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै उपमेयर आलमले विद्यालयले छात्रवृत्ति पारदर्शी रुपमा बाँडेकोमा प्रशंंसा गरे । उनले विद्यालयको भौतिक एंव शैक्षिक गुणस्तर सुधारका लागि महानगरपालिकाको तर्फबाट

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अनाधिकृत रुपमा डिप बाेरिङ जडान गर्नेलाई वीरगन्ज महानगरले गर्याे ५ हजार जरिवाना

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महानगरपालिकाले अनाधिकृत रुपमा डिप बाेरिङ जडान गर्ने एक जना घरधनीलाई कारबाही गरेकाे छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका जयलाल साहले आफ्नो घरमा अनाधिकृत रुपमा डिप बाेरिङ जडान गरेकाले उनलाई महानगरपालिकाले ५ हजार रुपैयाँ आर्थिक जरिबाना गरि कारबाही गरेकाे हाे । वीरगन्ज महानगर क्षेत्रमा भुजलकाे सतह तल गएर चापाकलहरु सुकेपछि महानगरपालिकाले शुक्रबार एक सुचना नै जारी गरेर महानगरका विभिन्न वडाहरुमा भइरहेकाे अनधिकृत रूपमा डिप बोरिङ जडान कार्य बन्द गर्न निर्देशन दिएको थियाे। पछिल्लो समय वर्षा नहुँदा चापाकलहरु सुकेर बढ्दै गएको खानेपानीको समस्यालाई मध्यनजर गर्दै महानगरपालिकाले अनाधिकृत

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारत महाराष्ट्रको पहिरोमा पुरिएर २२ को मृत्यु, दर्जनौँ पुरिए

 Krishna Shrivastav

वीरगंज । भारतीय राज्य महाराष्ट्रमा गएको पहिरोको कारणले २२ जनाको ज्यान गएको छ भने दर्जनौँ परिएका छन् । बीबीसीका अनुसार राइगढ जिल्लाको इरसालवाडी गाउँमा बुधवार राति साढे १० बजे गएको पहिरोले यस्तो क्षति गरेको हो । पहिरोले गाउँका ५० मध्ये १७ घर बगाएको छ । भारी वर्षाको कारणले पहिरो जाँदा अहिले पनि ११५ जना हराइ रहेका महाराष्ट्र प्रदेश सरकारको तथ्यांक छ । यस्तै बिच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले पहिरोमा पुरिएर ज्यान गएकाको परिवारलाई जनही पाँच लाख भारु दिने बताएका छन् ।


सुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि

 Krishna Shrivastav

वीरगंज । थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल भएको पुष्टि भएको छ । गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो । भन्सार कार्यालयले बैककबाट काठमाडौं आएका थाई नागरिकबाट १० थानमा विष्कुट आकारको पहेँलो धातु जफत गरेको थियो । थाई नागरिकले उक्त वस्तु सुन भएको बताएका थिए । आफू धार्मिक प्रयोजनका लागि लागि नेपाल आएको बताएका उनले ल्याएको सो धातु त्रिपुरेश्वरस्थित रहेको भन्सार विभागमा जाँच गरेर उनलाई नै फिर्ता दिइएको बताइएको छ।


धनुषामा चिर्पट प्रहार गरी भिनाजुको हत्या

 Krishna Shrivastav

वीरगंज । भिनाजुको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनिया बजारमा एक जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। भारतको सोनपुर चन्दौली बस्ने ३८ वर्षीय शिवमुरत सिंहको हत्या भएको हो। उनको हत्या गरेको आरोपमा प्रहरीले बनारसका २५ वर्षीय सुरज सिंहलाई पक्राउ गरेको छ। उनलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो। शिवमुरत सुरजका भिनाजु हुन्। उनीहरू लक्ष्मीनिया बजारमा काम गर्न बस्दै आएका थिए। घरायसी विवादको क्रममा सुरजले दाउराको चिर्पटले प्रहार गरी कुटपिट समेत गर्दा शिवमुरत गम्भीर घाइते भएका थिए। उनको रामा अस्पताल जनकपुरमार्फत भारतको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

डिएसपी र इन्स्पेक्टरलाई कारबाहीको माग गर्दै कलैयामा सत्तारुढ दलहरुद्वारा दिनहुँ प्रदर्शन

 Krishna Shrivastav

वीरगंज । नेपाली कांग्रेस बाराका जिल्ला सचिव भैयाराम यादवलाई कुटपिट गर्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक ( इन्स्पेक्टर) लाई निलम्बनसहित कारबाही गर्नुपर्ने माग गर्दै सत्ता साझेदार राजनीतिक दलहरूले शनिबारपनि कलैयामा प्रदर्शन गरेका छन् । कांग्रेस जिल्ला सचिव यादवलाई प्रहरीबाटै कुटपिट भएको घटनामा संलग्नहरुलाई कारबाही नगरिएको भन्दै कांग्रेस, जसपा , नेकपा माओवादी केन्द्र सहितका दलका नेता कार्यर्ताहरूले शनिबार पनि प्रदर्शन गरेका हुन् । शनिबार दिउँसो कलैयास्थित रामजानकी मन्दिरु परिसरबाट दलहरुले निकालेको विरोध जुलुशले नगर परिक्रमा गर्र्दै भरत चोकमा पुगेर प्रहरी विरुद्ध नाराबाजी गरेको थियो । त्यसक्रममा उनिहरुले भरतचोकमा टायर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

४१ औं विपी स्मृति दिवसको अवसरमा धोबिनीमा रहेको श्री काली प्रसाद लाखे मा.वि लंगडीमा वृक्षारोपण गर्यो

 Krishna Shrivastav

वीरगंज । राजन कुमार बानिया । नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेसर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा शनिबार नेपाली कांग्रेसले धोबिनी गाउँपालिका वडा नं ४ लंगडीमा रहेको श्री काली प्रसाद लाखे मा.बि लंगडी बिधालय प्रागन मा अाज वृक्षारोपण कार्यक्रम गरेको छ । कार्यक्रम धोबिनी गाउँपालिका वडा नम्बर ४ नेपाली काँग्रेस का वडा सभापति इसराएल देवानकै अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रमा वडा अध्यक्ष अबास मियाँ कार्यपालिका सदस्य दिनेश गुप्ता , सदस्य मदन सहनी बिधालयका प्र. नि हरिओम पटेल , ताराचन प्रसाद कलवार, लालजी साह, रामाचन्द साह कलवार लगाएत धेरै जनाको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अदालतले सजाय तोकेका अभियुक्तहरु गाँउमै खुलेयाम घुमिरहदाँ पनि प्रहरीले गरेन पक्राउ

 Krishna Shrivastav

वीरगंज । लागु औषध गाँजाको मुद्धामा अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले चासो नलिएको स्थानीयले आरोप लगाएका छन् । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ३ सोनवर्षामा एक वर्षपहिले जैनुल होदाको घर नजिकैबाट २९ किलो गाजा सहित घरधनी जैनुल होदा र मकवानपुरको रक्सीरांग गाउँपालिका वडा नंबर ३ का रामजी थिंग पक्राउ परेका थिए । तर त्यहि मुद्धामा संलग्न वडा नंबर ३ का अकलेश गिरी र मनोज गिरी अदालतबाट दोषी ठहर भएपछि फरार रहदै आएकोमा हाल भारतबाट आएर पुनः गाउँमा बसीरहेका छन् । फरार अभियुक्तहरु घरमै आइ बसेको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्वतन्त्र मानव अधिकार समाजको निःशुल्क शिविरमा १४७ जनाले लिए लाभ

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज महाननगरपालिका वडा नम्बर ४ मा शनिबार स्वतन्त्र मानव अधिकार समाजको आयोजनामा मधुमेह (सुगर) रोगको निःशुल्क परिक्षण शिविर सम्पन्न भएको छ । वडा नम्बर ४ स्थित अमर चोकमा आयोजित उक्त शिविरमा ५३ महिला र ९४ पुरुष गरि १ सय ४७ जनाको परिक्षण गरिएको छ । वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानु आफैंले मधुमेहको परिक्षण गराएर उद्घाटन गरेको शिविरिमा वरिष्ठ चिकित्सक डाक्टर नीरज सिंह नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिविरमा आएकाहरुको परिक्षण गरेका थिए । स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्ण कुमार खनालको अध्यक्षतामा भएको शिविरमा समाजका उपाध्यक्ष

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

रौतहटमा नहरमा डुबेर बालिकाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । रौतहटमा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शनिबार जिल्लाको चन्द्रपुर–१० स्थित वाग्मती नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिकालाई नहरबाट सकुशल उद्धार गरिएको छ । बडेर्वाका राजकुमार साहकी ८ वर्षीय छोरी शिवानीकुमारी साह र स्थानीय परमेश्वर साहकी ८ वर्षीया नातिनी शिवानी साह गाउँनजिक रहेको वाग्मती सिँचाइ आयोजनाको नहरको छेउमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ डुबेका थिए । राजकुमारकी छोरी शिवानीलाई स्थानीय अशोक साहले नहरबाट सकुशल उद्धार गरी बाहिर निकालेको थियो । परमेश्वरकी नातिनी शिवानी भने बेपत्ता भइन् । घटनालगत्तै इलाका प्रहरी कार्यालय

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

महिलाको मृत्यु पश्चात जनकपुरको सुरक्षा अस्पतालमा लाग्यो ताला, उठ्यो लास

 Krishna Shrivastav

वीरगंज । जनकपुरको सुरक्षा अस्पतालमा एक महिलाको मृतयु पश्चात ताल्चा लगाएको छ । आज दिउँसो घटन लगतै चिकित्सकहरु फरार भएपछि बिरामीलाई अन्यत्र सारेर ताला लगाइएको हो । आफन्तजनको पाँच घण्टासम्म लास अस्पतालको गेटमा राखेर प्रदर्शन गरेका थिए । राति साढे ८ बजेतिर मृतक महिलाको लास पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पाठे घरमा घाउँ भएपछि गत बुधबार दिउँसो शल्यक्रिायका लागि जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीया सोनिया साह भर्ना भएकी थिइन् । आज दिउँसो ३ बजे उनको मृत्यु भएको हो । बुधबार शल्यक्रिया गरिएको थियो । आज दिउँसो

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बिन्दवासिनीकाे ईटियाही स्थित पाेल्ट्रि फार्ममा आगलागी, १० लाखकाे क्षति

 Krishna Shrivastav

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं.३ ईटियाही स्थित मनिष एन्ड अनिस पाेल्ट्रि फार्ममा शुक्रबार राति आगलागी भएकाे छ । मध्य रातमा बिधुत सर्ट सकिट भई भएकाे आगलागीमा परि रु १० लाख बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ । त्याँहा संचालनमा रहेकाे फर्म मध्ये एउटा पुर्ण रूपमा जलेकाे छ । जलेकाे फर्ममा ९ सय कुखुरा तयारी अवस्थामा थियाे । साथै आगलागीमा २० बाेरा जति कुखुराकाे दाना पनि जलेर नष्ट भएकाे फर्मका सँचालक अनुप साहले वताए । आगलागीले बिधुत आपुर्ति गर्न राखिएकाे एक थान जेनेरेटर पनि जलेर नष्ट भएकाे अमरपट्टि प्रहरी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

पानीका लागि व्याकुल वीरगंजवासी : किन भयो यस्तो पानीको हाहाकार ? के गर्दैछ सरकार ?

 Krishna Shrivastav

वीरगंज । वीरगन्ज १० घडीअर्वाकी ६८ वर्षिया सुभावती देवी कानु भन्छिन् ,‘ वीरगन्जमै जन्मिए , यहि हुर्के , बुढ्यौलीपनि यहि बित्दैछ तर पानीको यस्तो हाहाकार कहिल्यै देख्नु परेको थिएन वीरगन्जमा ।’ घरको चापाकल सुकेर पानी नै आउन छाडेपछि कानुका नातीनातीनाले तीन दिनदेखि छिमेकीको घरमा रहेको धाराबाट बाल्टीमा पानी आोर्सादै गर्जो टारिरहेका छन् । छिमेकीको दैलोमा नातीनातीनासंगै बिहीबार राति ११ बजे सम्म पालो कुरेर बसेको अवस्थामा भेटिएकी कानु भन्छिन् ,‘ मेरोमात्र होइन आासपडोसका सबै चापाकल सुकेका छन्, घण्टौसम्म मोटर चलाउदापनि एक थोपो पानी आउदैन , टोलभरका घरलाई यहि एउटा घरको चापाकलले धानीरहेको छ

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

News

लागूऔषधसहित युवक रौतहटमा पक्राउ

News

बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

News

चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

News

एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे