वीरगंज । महोत्तरीको जलेश्वरमा एक डिएसपी कुटिएका छन् । धनुषाको प्रदेश पहरी गणमा कार्यरत्त डिएसपी चन्देश्वर यादव गत बिहीबार राति १० बजे कुटिएका हुन् । जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा सो घटना भएको हो । उनको दायाँ खुट्टा भाँचिएर गम्भीर घाइते भएका छन् । उनले स्थानीयसामू आफूलाई बचाउन गुहार मागेकापछि प्रहरीले उनको तत्काले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएको थियो ।
उनको उपचार अहिले काठमाडौं स्थित प्रहरी अस्पतालमा भइरहेको छ । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले के कति कारणले कसले आक्रण गरेको भन्ने नखुलेको बताए ।
घटनाको छानविन गर्न मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य छानविन टोलि गठन भएको छ ।
टोलिले शनिबार घटनास्थलको निरीक्षण समेत गरेको छ । घटना रहस्यमय भएकाले प्रहरीले लुकाउन खोजेका थिए । तर बाहिरिएपछि प्रहरीले औपचारिक रुपमा छानविन तथा अनुसन्धान थालेको हो ।