वीरगंज । वीरगन्ज १० घडीअर्वाकी ६८ वर्षिया सुभावती देवी कानु भन्छिन् ,‘ वीरगन्जमै जन्मिए , यहि हुर्के , बुढ्यौलीपनि यहि बित्दैछ तर पानीको यस्तो हाहाकार कहिल्यै देख्नु परेको थिएन वीरगन्जमा ।’ घरको चापाकल सुकेर पानी नै आउन छाडेपछि कानुका नातीनातीनाले तीन दिनदेखि छिमेकीको घरमा रहेको धाराबाट बाल्टीमा पानी आोर्सादै गर्जो टारिरहेका छन् । छिमेकीको दैलोमा नातीनातीनासंगै बिहीबार राति ११ बजे सम्म पालो कुरेर बसेको अवस्थामा भेटिएकी कानु भन्छिन् ,‘ मेरोमात्र होइन आासपडोसका सबै चापाकल सुकेका छन्, घण्टौसम्म मोटर चलाउदापनि एक थोपो पानी आउदैन , टोलभरका घरलाई यहि एउटा घरको चापाकलले धानीरहेको छ । वीरगन्ज महाानगरपालिका र यसआसपासका क्षेत्रमा पछिल्लो एक सातायता चापाकल सुकेपछि पानीको हाहाकार नै भएको छ । खासगरि महानगरका शहरी भेग ( वडा नम्बर १ देखि १८ सम्म) का वडामा रहेका प्राय सबै चापाकल सुकेर पानी आउन छााडेपछि खानेपानीको विकराल अवस्था सृजना भएको छ । चापकल र बोरिङमा जडित विद्युतीय मोटरले समेत पानी नतान्दा वीरगन्जको सहरी क्षेत्रको जनजिवन निक्कै कष्टकर बनेको छ । वीरगन्ज ९ रानीघाटका प्रदीप सर्राफ भन्छन्,‘ चारदिन भयोे घरको चापाकलबाट पानी आउदैन , तीनसय मिटर पर एक छिमेकी दाजुको घरबाट बाल्टीमा पानी ओसारेर गुजारा चलाइरहेका छौ , त्यहापनि टोलभरका मान्छेहरुको भिड लाग्छ , एक डेढ घण्टापछि मात्रै बाल्टी थाप्ने पालो आउँछ ।
वीरगन्ज महानगरपालिकाको खानेपाानी शाखाका अनुसार , असार अन्तिम सातादेखि महानगरका ८५ देखि ९० प्रतिशत चापाकल सुकेर पानी आउन छाडेको छ । शाखा प्रमुख भोगेन्द्र चापागाँईका अनुसार महानगरको ३२ वटै वडामा गरि कुल घरधुरी संख्या ४७ हजार ११४ छ । ती घरधुरी र सार्वजनिक स्थानमा गरि २७ हजार ४९० चापाकल जडान छन् भने नेपाल खानेपानी संस्थानको धारा जडान भएको घरधुरीको संख्या १२ हजार ९२५ छ । यस्तै महानगरमा इनारको संख्या २९६ वटा छ । तर ती सबै इनार फोहोर र जीर्ण भइसकेका कारणले प्राय प्रयोगविहिन अवस्थामा रहेको चापागाँईले बताए । महानगरको शहरी क्षेत्रका वडाहरु ( वडा नम्बर १ देखि १९ सम्म) मा अहिले झण्डै ९० प्रतिशत चाापाकल सुकेर पानी आउन छाडेको चापाँगाईले बताए ।उनले भने,‘ खानेपानीको हाहाकार भएको जनगुनासो आएपछि हामीले वाड वाडामा पुगेर प्रारम्भिक सर्वे गर्दा करिब ९० प्रतिशत चापकल सुकेको पायौं ।’लामो समयदेखिको खडेरी र प्रचण्ड गर्मीका कारण जमनि मुनिको पानीको लेयर झन् झन् तल झर्दै गएका कारण चापाकलमा पानी आउन छाडेको उनले बताए । उनले भने,‘ चापाकलको पाइपभित्र सतहदेखि २९ फिट तलसम्म पानी भएमात्र चापकलले पानी तान्न सक्छ तर पानीको त्यो लेयर ३० फिट भन्दा तल गयो भने चापाकलले पानी तान्न सक्दैन , अहिले वीरगन्जमा देखिएको समस्या त्यहि नै हो , यहाको पानीको लेयर अहिले ३० फिट भन्दा तल गइसकेको छ ।
सरकारी धारा जडानका लागि खानेपानी संस्थानमा सेवाग्राहीको भिड
चापकलहरु सुकेर पानी नै आउन छाडेपछि सरकारी धारा जडानका लागि वीरगन्ज स्थित नेपाल खाननेपानी संस्थानको शाखा कार्यालयमा सेवाग्राहीको भिड बढेको छ । साउन १ देखि ४ गते सम्म चारदिनको अवधीमै नयाँ धारा जडानका लागि २०९ जनाले आवेदन दिएको कार्यालय प्रमुख ईन्जिनियर निरण महर्जनले बताए । उनले भने,‘ पहिले सरकारी धारा जडान गर्न कोहि मान्दैनथे तर अहिले चापकलहरु सुकेर पानीको हाहाकार भएपछि यहि सरकारी धारा जडानकालागि कार्यालयमा सेवाग्राहीको ओइरो लागिरहेको छ ।
वीरगन्ज महानगर क्षेत्रमा पानीको समस्या गत जेठदेखि नै सुरु भएको भन्दै उनले त्यस यता नयाँ धारा जडानका लागि आवेदन दिनेहरुको संख्या ह्वात्तै बढेको बताए ।उनले भने,‘ जेठ भन्दा पहिलेका महिनामा नयाँ धारा जडानका लागि महिनामा मुश्किलले औसतमा ५ जनामात्रै आउँथे तर जेठ यता भने त्यो संख्या अप्रत्याशीत रुपमा बढ्दै गएको छ । उनका अनुसार , नयाँ धारा जडानका लागि २०७९ को बैशाखमा ७ जना , जेष्ठमा ४ जना, असारमा १५ जना , साउनमा १३ जना , भदौंमा ६ जना , असोजमा २ जना , कात्तिकमा १ जना , मंसिरमा १ जना , पुषमा ३ जना , माघमा ९ जना , फागुनमा ४ जना र चैतमा १४ जनाले आवेदन दिएका थिए । गत बैशाखमा ४१ जनाले आवेदन दिएकोमा गत जेष्ठमा त्यो संख्या ह्वात्तै बढेर १५७ पुगेको महर्जनले बताए । गत असारमा भने त्यो संख्या अझ बढेर २०२ जनाले आवेदन दिएको उनले बताए । महर्जनले भने,‘ गत असार महिनाभरिमा २०२ जनाको आवेदन परेकोमा साउन लागे यता चार दिनमै २०९ जनाले निवेदन दिइसकेका छन् ।
सरकारी धारा जडानको झन्झटीले प्रकृयाले सेवाग्राही थप पिडामा
चापकाल सुकेर पानीको लागि त्राहीमाम भएका वीरगन्जका स्थानीयवासी सरकारी धारा जडानका लागि खानेपानी संस्थानमा पुग्दामा झन्झटीलो प्रकृयाका कारण थप पिडामा परेका छन् । गत जेठमा महानगरमा पानीको समस्या सृजना भएपछि जेठ २५ गते महानगरका मेयर राजेशमान सिंहले पानीको समस्या समाधानका लागि भन्दै महानगरका ४ हजार घरधुरीमा खानेपानी संस्थानको निःशुल्क धारा जडान गरिदिने घोषणा समाजिक सञ्जाल मार्फत गरेका थिए । तर मेयरले घोषणा गरेको त्यो निःशुल्क धारा जडानको प्रकृया झन्टझटीलोका साथै निःशुल्क नभएको महानगरवासीको गुनासो छ । संस्थानको धारा जडानका लागि महानगरका केहि वडा कार्यालयहरुले सिफारिस गरेबापत ३ हजार रुपैयाँ सम्म शुल्क लिने गरेको भेटिएको छ । केहि वडाहरुले भने सिफिरिस गरेबापत १८० रुपैयाँ मात्रै लिएको पनि भेटिएको छ ।
शुक्रबार संस्थानको कार्यालयमा भेटिएका वीरगन्ज १० की सेवाग्राही प्रतिमा अग्रवालले संस्थानको धारा जडानका लागि सिफरिस लिन जाँदा वडा कार्यालयले ३ हजार ३० रुपैया लिएको नगदी रसिद देखाइन् । उक्त रसिदमा निवेदन दस्तुर बापत ५ रुपैयाँ , खानेपानी लाइन सिफरिस बापत ३ हजार रुपैयाँ र अन्य प्रशासनिक शुल्क बापत २५ रुपैयाँ गरि कूल ३ हजार ३० रुपैया लिएको उल्लेख छ । संस्थानमै भेटिएककी वीरगन्ज १३ की सेवाग्राही ज्वालादेवीले पनि संस्थानको धारा जडानका लागि सिफारिस लिन पुग्दा वडा कार्यालयले ३ हजार ३० रुपैयाँ लिएको बताइन् ।तर संस्थानमै भेटिएका वडा नम्बर १७ का जमदार प्रसाद सहनीले भने वडा कार्यालयले सिफारिस पत्रका लागि आँफुसंग १८० रुपैयाँमात्र शुल्क लिएको बताए । यसबाहेक संस्थानले पनि नयाँ धारा जडानका लागि विभिन्न शीर्षकमा गरि ८ हजार ४१० रुपैया लिने गरेको छ। संस्थानले कार्यालयमा टाँसेको सुचनामा नयाँ धारा जडान शुल्क ३ हजार २३० रुपैयाँ , धरौटी ३ हजार रुपैयाँ , सडक खनेर पुर्दा लाग्ने शुल्क २ हजार ४० रुपैयाँ ,कार्ड शुल्क ४० रुपैयाँ र चालु महिनाको पानी महशुल ११० रुपैयाँ गरि कूल ८ हजार ४१० रुपैयाँ लाग्ने उल्लेख गरिएको छ । संस्थान कार्यालयमा भेटिएका वीरगन्ज ९ का सेवाग्राही हिरा प्रसाद कलवार भन्छन्,‘ मेयर साबले ४ हजार धारा निुःशुल्क जडान गर्ने हल्ला हल्लामै सकियो जस्तो छ , वडा र संस्थानमा गरि १२ हजार रुपैयाँ तिरिसक्दापनि एक महिनादेखि मेरो घरमा धारा जडान भएको छैन , सधैं धाइरहेको छु । यता वीरगन्ज महाननगरका मेयर राजेशमान सिंहले भने ४ हजार धारा निशुल्क जडान गर्न आफुले गरेको प्रतिबद्धता कार्यान्वयनकै प्रकृयामा रहेको बताए । अहिले संस्थानकाृ धारा जडानका लागि वडा कार्यालय र संस्थानले लिइरहेको शुल्क आफुले घोषणा गरे अन्तर्गतको धाराका लागि नभएकोपनि उनले प्रष्ट पारे । मेयर सिंहले भने,‘ वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको ८० प्रतिशत र महानगरपालिकाको २० प्रतिशत खर्चमा ४ हजार धारा निःशुःल्क जडान गर्ने घोषणा गरेको थिए , त्यसको प्रकृया पुरा हुन केहि समय लागेकाले कार्यान्वयनमा ढिला भएको हो , प्रकृया पुरा हुनासाथ ४ हजार धारा निशुल्क जडान हुन्छ नै । उनले वडा कार्यालयहरुले नीजी प्रायोजनको धारा जडानका लागि आवश्यक सिफारिस पत्रका लागि लिइरहेको शुल्कमा देखिएको असमनाताबारे भने आफनो ध्यानाकर्षण भएको बताए । यसबारे महानगरपालिकाको राजश्व महाशाखा र सम्बन्धित वडाका वडा कार्यालयका कर्मचारीलाई बोलाएर छलफल गर्ने पनि उनले बताए । अहिले वीरगन्जमा देखिएको खानेपानीको चरम समस्या तत्कालका लागि सम्बोधनका लागि महानगरका शहरी क्षेत्रका १८ वटा वडाहरुमा आवश्यकता अनुसार १० देखि १५ वटा खानेपानी संस्थानको धारा जडानको काम शनिबार या आइतबारदेखि नै सुरु गर्ने निर्णय भएको जानकारी उनले दिए ।
महानगरका मेयरको कार्यकक्षमा शुक्रबार दिउँसो मेयर सिंह र खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जका प्रमुख महर्जनसमेतको सहभागीतामा बसेको बैठकमा पानीको हाहाकारको समस्या तत्कालका लागि सम्बोधनका लागि यस्तो निर्णय गरिएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी गराए । महानगरको वडा नम्बर १ देखि १७ र १९ नम्बर वडागरि १८ वटा वडाहरुमा अहिले सबैभन्दा बढि पानीको समस्या देखिएकाले ती प्रत्येक वडाको सार्वजनिक स्थानमा १० देखि १५ वटा धारा जडानको काम तत्कालै सुरु गर्ने निर्णय भएको घिमिरेले बताए । संस्थानले धारा जडानको काम शनिबार या आइतबारदेखि नै थालि हाल्ने र धारा जडानमा लाग्ने सबै खर्च र त्यसको महशुल महानगरपालिकाले तिर्ने सहमति भएको जानकारी उनले दिए । खानेपानी संस्थानको पानी आपुर्ति गर्ने पाइप लाइन नभएका ग्रामीण भेगका लगायतका वडाहरुमा भने यसअघिदेखि ट्याङकरबाट पानी वितरण गर्दै आएको सेवालाई पनि निरन्तरता दिने निर्णयपनि भएको घिमिरेले बताए ।
वन फडानी र नदिखोलाको दोहनले मधेसमा पानीको समस्या
चुरे तथा भावर क्षेत्रमा बढ्दो वन फडानी र नदि खोलाको अत्याधिक दोहन भइरहेका कारणले वीरगन्जसहित मधेसका शहरी क्षेत्रमा चापाकल सुक्ने समस्या देखिएको वातावरणविद्हरु बताउछन् । दिनप्रतिदिन बढ्दो वन फडानी र नदि खोलाको अत्याधिक दोहन भइरहेकाले त्यसले पर्यावरणमा समेत असर परेको र मधेसमा पानीका प्राकृतिक श्रोतहरु मासिदै गएको चुरे र तराईको अन्तरसम्बन्धबारे विद्यावारिधि गरेका डा. विजयकुमार सिंह दनुवार बताउछन् । नदिजन्य वस्तुको अत्यधिक दोहन र वन फडानीको असरले नै तराई मधेसमा अहिले पानीको अभाव भएको उनको भनार्ई छछ । उनि भन्छन्,‘ तराई मधेसमा अहिले देखिएको पानीको अभावको मुय कारण नै बढ्दो वन विनाश र अत्याधिक नदि खोलाको दोहन नै हो । वीरगन्जमात्रै नभइ सर्लाही , महोतरी , धनुषा लगायतका जिल्लाका शहरी क्षेत्रमा अहिले पानीको समस्या देखा परिरहेको उनि बताउछन् ।विशेषगरि चुरे भन्दा तलको भावर क्षेत्रमा पर्ने वीरगन्ज, जनकपुर लगायतका मधेसका शहरी क्षेत्रमा जमिन मुनी पानीको रिचार्ज हुन नसक्दा चापाकल, ट्युबेल लगायतका श्रोताहरु सुक्न थालेको दनुवारको भनाई छ । उनि भन्छन्,‘ पहिले पहिले जंगगल घना थिए , खोलाहरूमा प्रशस्त ढुङ्गा हुन्थे जसले गर्दा पानी रोकिँदै आउँथ्यो, तर अहिले वन फडानी तिब्र छ , खोलाहरुको दोहनपनि अत्याधिक भइरहेको छ , त्यसकारण माथिबाट पानी बग्दा तीव्र गतिमा आउछ , कुनै अवरोध हुदैन र चुरेबाट भावर क्षेत्रमा माटोसँग पानी मिसिएर आउँदा बाक्लो भएर जमिनले सोस्न सकेन अर्थात जमिन मुनिको पानी रिचार्ज हुन सकेन अनि पानीको लेयर झन् झन् तल गइरहेको छ ।’चुरे क्षेत्रका नदि खोलाहरुमा अहिलेपनि प्रशस्त पानी रहेको उनि बताउछन् । तर भावर क्षेत्रमा आइपुग्दा तीनै नदिखोलामा पानी नभेटिएको अवस्था रहेको उनि बताउछन् । दनुवार भन्छन्,‘ वीरगन्जको सवालमा कुरा गर्ने हो भने वीरगन्ज शहरको आसपासमा ठूला नदि वा खोला छैन, भएका साना नदिपनि अतिक्रमणमा परिसकेको छन् , अनि लामोसमय देखि वर्षा पनि भएको छैन , जसका कारण जमिनमुनि पानीको रिचार्ज हुन सकेको छैन , पानीको लेयर झन् झन् तल गइरहेको छ ।