वीरगंज । पर्साकाे वीरगन्जस्थित गण्डक नहरमा डुबेको अवस्थामा एक बालकको शव फेला परेको छ । पकाहामैनपुर गाउँपालिका–१ धोरे घर भई हाल वीरगन्ज –११ श्रीपुरमा बस्दै आएका राजमोहनलाल कर्णका १४ वर्षीय छोरा शुभम कुमार कर्ण नहरमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
शुभम शनिबार दिउँसो साथीहरुसँगै पढन भनेर घरबाट निस्केका थिए ।उनि शनिबार अबेर राती सम्म घरमा नआएपछि परिवारले खोजी कार्य शुरु गर्दै प्रहरीमा जानकारी गराएका थिए ।
त्यसपछि प्रहरीले खाेजी गर्ने क्रममा आइतवार बिहान ९ बजे गण्डक नहरको निर्माणाधीन गेटमा पानीमा डुबेकाे अवस्थामा शुभमकाे शव फेला पारेकाे हाे ।शुभमको डुबेर मृत्यु भएको हो या कसैले हत्या गरेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।