

वीरगंज | मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले बाराको फेटा गाउँपालिका–३ मा अस्पतालको उद्घाटनका क्रममा शनिबार भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्षसमेत रहेका फेटाको घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न तथा गोली लागेर घाइते भएका आदित्य पासवानसहित अन्य घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन्।
पूर्वमुख्यमन्त्री सोनलले फेटामा भएको घटना अत्यन्त दुःखद भएको बताउँदै एत्रः घटनाका दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण प्ीन् गराएका छन्।



सोनलले गोली लागेर गम्भीर घाइते भएका आदित्य पासवानको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाउनु पर्ने तथा उक्त घाइते भएका अन्य व्यक्तिको पनि सरकारले निःशुल्क उपचार गर्नुपर्ने माग गरेका छन् ।
त्यहाँका जनप्रतिनिधिहरूलाई घटनाप्रति गम्भीर बन्न आग्रह गर्दै उनले प्रहरी प्रशासनलाई संयमित भएर शान्ति सुरक्षा कायम गर्न अपिल गरेका छन्।साथै सोनलले फेटाका बुद्धिजीवी, युवा, राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवाहरूलाई घटनाको अवस्थामाथि निगरानी राख्दै सामाजिक सद्भाव र शान्ति व्यवस्था कायम गर्न भूमिका खेल्न आग्रहपनि गरेका छन्।
अन्त्यमा सोनलले आदित्य पासवानलगायत घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भगवान् पशुपतिनाथसँग प्रार्थना गरेका छन्।


