वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । आइतबार विद्यालय परिसरमै आयोजित कार्यक्रममा विद्यालयको कक्षा १ देखि ८८ सम्ममा अध्ययनरत छात्रा , दलित एंव विपन्न समुदायका गरि १७५ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले छात्रवृति बापत विद्यार्थीहरुलाई नगद चार सय रुपैयाँ दरले रकम वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै उपमेयर आलमले विद्यालयले छात्रवृत्ति पारदर्शी रुपमा बाँडेकोमा प्रशंंसा गरे । उनले विद्यालयको भौतिक एंव शैक्षिक गुणस्तर सुधारका लागि महानगरपालिकाको तर्फबाट लयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धतापनि जनाए ।
त्यसअघि उमपेयर आलमले विद्यालयका कक्षाकोठा लगायतका भौतिक संरचनाहरुको स्थलगत निरिक्षण पनि गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक चन्देश कुमार चौहानको अध्यक्षतामा भएको छात्रवृति वितरण कार्यक्रममा वडा सदस्य तथा विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रमोद कुमार यादव, विद्यालयका शिक्षक शिक्षिका , कर्मचारी , अभिभावक लगायतकोपनि उपस्थिती रहेको थियो ।