वीरगंज । राजन कुमार बानिया । नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेसर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा शनिबार नेपाली कांग्रेसले धोबिनी गाउँपालिका वडा नं ४ लंगडीमा रहेको श्री काली प्रसाद लाखे मा.बि लंगडी बिधालय प्रागन मा अाज वृक्षारोपण कार्यक्रम गरेको छ ।
कार्यक्रम धोबिनी गाउँपालिका वडा नम्बर ४ नेपाली काँग्रेस का वडा सभापति इसराएल देवानकै अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रमा वडा अध्यक्ष अबास मियाँ कार्यपालिका सदस्य दिनेश गुप्ता ,
सदस्य मदन सहनी बिधालयका प्र. नि हरिओम पटेल , ताराचन प्रसाद कलवार, लालजी साह, रामाचन्द साह कलवार लगाएत धेरै जनाको सहभागी रहेको थियो।