• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजको नारायणी अस्पतालमा एमआरआई मेसिन ४ महिनादेखि अलपत्र

  • वीरगंज संजाल
  • ७ श्रावण २०८०, आईतवार १५:५६
  • १९३३

    वीरगंज । वीरगन्जको नारायणी अस्पतालमा ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिन चार महिनादेखि प्रयोग विहिन अवस्थामा अलपत्र परेको छ । संघ सरकारको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत खरिद गरेको एमआरआई मेसिन नारायणी अस्पतालमा गत चैत अन्तिम हप्ता नै आइपुगेको थियो ।तर अस्पताल प्रशासनको लापरवाहीका कारण उक्त मेसिन अहिलेसम्म पनि सञ्चालनमा भने आउन नसकेर अलपत्र परेको हो । यसअघि गत जेठ २५ मा अस्पताल प्रशासन स्वयंले एक सूचना नै जारी गरेर अस्पतालमा एमआरआई सेवा गत असार १५गते देखि नै सुरु गरिने जानकारी गराएको थियोे ।तर अस्पताल प्रशासनले जारी गरेको उक्त सूचनामा उल्लेख गरिएको मिति बितेको तीन हप्ता भइसक्दापनि एमआरआई सेवा सुरु हुन सकेको छैन । अस्पतालको भवनमा एमआरआई कक्ष तयार गरि एमआरआई मेसिन जडान गरिसकिएको भएपनि उक्त मेसिन सञ्चालनका आवश्यक जेनेरेटरको व्यवस्थापन हुन सक्दाँ मेसिन प्रयोगविहिन अवस्थामा अलपत्र परेको हो । अस्पतालमा एमआरआई मेसिन आपुर्ति गरेको आपुर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिका प्राविधीक इञ्जिनियर विनोद चौधरीका अनुसार , एमआरआई मेसिन सञ्चालनका लागि ५०० केभिए क्षमताको जेनेरेटेर चाहिन्छ ।चौधरीले भने,‘ मेसिनलाई २४ सै घण्टा चिसोमा राख्नुपर्र्छ , यदि १० मिनेटपनि पावर सप्लाई बन्द भयो मेसिनबाट अति संवेदनसील र महङगो लिथियम ग्याँस लिक भइ हाल्छ ,जसले ठूलो क्षति हुनसक्छ , त्यसका कारण यो मसिनका लागि ५०० केभिए क्षमताकै जेनेरेटेर चाहिन्छ । तर हाल अस्पताल प्रशासनसंग २०० केभिए क्षमताकोमात्रै जेनेरेटर छ ।

    उक्त जेनेरेटरबाटै अस्पतालका विभिन्न कक्षमा विद्युत आपुर्ति भइरहेको छ ।त्यसकारण एमआरआई मेसिनलाई आवश्यक विद्युतीय उर्जा उक्त जेनेरेटरबाट आपुर्ति हुन सक्ने अवस्था नभएकाले छुट्टै ५०० केभिए क्षमताको अर्को जेनेरेटर नै आवश्यक भएको इञ्जिनियर चौधरीले बताए । अस्पतालका मेसु डाक्टर चित्तरञ्जन साह अनुसार , एमआरआई कक्षममा मेसिन जडान कार्य सकेर एक महिना पहिले २०० केभिए क्षमताकै जेनेरेटर चलाएर मेसिनको परिक्षण गरिएको थियो । तर त्यसक्रममा आवश्यक विद्युतीय उर्जा नपुग्दा मेसिनबाट हिलियम ग्याँस लिक भएको थियो । मेसिन सञ्चालनका लागि चाहिने ५०० केभिए क्षमताको नयाँ जेनेरेटर खरिदका लागि आवश्यक बजेट अस्पतालसंग हाल उपलब्ध नभएको अस्पतालका मेसु साहले बताए ।बजेटको व्यवस्थापन नहुदाँसम्मका लागि अस्पताल प्रशासनले मासिक ४ लाख ५० हजार रुपैयाँ भाडा तिर्ने गरि ५०० केभिए क्षमताको जेनेरेटर ल्याएर अस्पतालमा राखेको छ । तर भाडामा जेनेरेटर ल्याएको दुई हप्ता बितिसक्दापनि एमआरआई मेसिन सञ्चालन गरिएको छैन । अस्पतालकाम मेसु साहले लिक भएको हिलियम गयाँस रिफल गर्न (फेरि भर्न ) आपुर्तीकर्ता कम्पनिले विलम्ब गरिरहेको बताए । उनले भने,‘ आपुर्तीकर्ता कम्पनिलाई दुई हप्ताको समय दिएका छौं , त्योभित्र उसले ग्याँस रिफिल गरिसक्छ ।

    यसका साथै भाडामा ल्याइएको ५०० केभिए क्षमताको जेनेरेटर सञ्चालनका लागि आवश्यक पर्ने अटोमेटिक प्यानल बोर्ड बजारमा नपाएरपनि समस्या भएको अस्पतालका सुचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताए ।उनले भने ,‘ जेनेरेटर भाडामा त ल्यायौं तर त्यसमा आवश्यक पर्ने अटोमेटिक प्यानल बोर्ड नै बजारमा पाइएको छैन , काठमाडौंमा पाइन्छ कि भनेर त्यतापनि खोज्न लगाएका छौं , त्यहि प्यानल बोर्ड नभएकै कारणलेपनि एमआरआई मेसिन सञ्चालन गर्न नसकिएको हो । यसअघि आपुर्तिकर्ताको लापरवाहीका कारण करोडौं मुल्यको एमआरआई मेसिन अस्पताल परिसरको खुला आकाशमुनि साढे २ महिनासम्म थन्काएर राखिएको थियो ।आपुर्तिकर्ता कम्पनीले गत चैतमै मेसिन अस्पतालमा ल्याएर राखेपनि त्यसमा अतिआवश्यक हिलियम ग्याँस उपलब्ध नगराएका कारण अस्पताल परिसरमा खुल्ला आकाशमुनि मेसिन त्रिपालले छापेर अढाइमहिनासम्म राखिएको थियो । अस्पतालका सुचना अधिकारी डाक्टर सिंहले अहिले भाडामा जेनेरेटर ल्याएर तत्कालका लागि काम चलाउने तयारी भएपनि अस्पताल आफैंले ५ सय केभिए क्षमताको नयाँ जेनेरेटर खरिदका लागि संघ र प्रदेशका स्वास्थ्य मन्त्रालयसंग बजेटको माग गरिसकेको बताए । सिंहका अनुसार, बजेटका लागि अस्पताल प्रशासनले संघ र प्रदेशका स्वास्थ्य मन्त्रालयमा दुई हप्ता पहिले नै पत्रचार गरिसकेको छ । सिंह भन्छन्,‘ सधैंंभरि भाडाको जेनेरेटरले चलाउने अवस्था रहन सक्दैन , त्सका कारण मन्त्रालयमा बजेटको माग गरिसकेका छौं ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑