Krishna Shrivastav
ब्राह्मण समाज पाेखरियाकाे नगर अध्यक्षमा मिश्र चयन
Krishna Shrivastav

वीरगंज । ब्राह्मण समाज नेपालको पोखरिया नगर कार्यसमितिकाे अध्यक्षमा अम्लेश्वर मिश्रा चयन भएका छन् । शनिबार पर्साकाे पाेखरियास्थित हनुमान मन्दिर परिसरमा बसेको ब्राह्मण समाज नेपालकाे नगर स्तरीय भेलाले मिश्रकाे अध्यक्षतामा नगर कार्यसमिति चयन गरेकाे हाे । उक्त समितिकाे उपाध्यक्षमा वीरेन्द्र पाण्डेय, सचिवमा दिनेश मिश्र, सह सचिवमा श्रीमती ममता द्विवेदी र कोषाध्यक्षमा कामेश्वर मिश्र चयन भएका छन् । भेलामा ब्राह्मण समाज नेपाल पर्साका अगुवाहरु लगायतको पनि सहभागीता रहेकोे थियाे ।
एमाले ताेकेकाे जिम्मेवारीबाट बन्जाराले किन दिए राजिनामा ?
Krishna Shrivastav

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले नेकपा एमाले पर्साले दिएकाे विद्यार्थी इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएका छन्। बन्जाराले यहि साउन १८ गते नेकपा एमालेका जिल्ला अध्यक्ष डा.बिश्वम्भर शर्मालाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्। पार्टीले दिएकाे विद्यार्थी इन्चार्जको जिम्मेवारी अस्वीकार रहेकाे र त्याे जिम्मेवारी आफुले वहन गर्न नसक्नेले राजीनामा दिएकाे बनणजाराले बुझाएको उनले राजीनमा पत्रमा उल्लेख छ। राजिनामा पत्रमा बन्जाराले लेखेका छन् -नेकपा एमालेको हालै सम्पन्न बैठकले मलाई अनेरास्वबियुको इन्चार्जको जिम्मेवारी दिएको पाए । जिम्मेवारी तोक्ने काम प्रति धन्यवाद ज्ञापन गर्दछु। तर अहिले म फरक जिम्मेवारीमा क्रियाशिल रहेकोले