कादम्बरी बिधालय द्वारा मोडेल युनाइटेड नेशन कार्यक्रमको उप-मेयर आलम द्वारा उद्द्घाटन

 Krishna Shrivastav

बिरगंज । बिरगंज स्थित पावर हाउस चौक नीर रहेको कादम्बरी बिधालयले आयोजना गरेको मोडेल युनाइटेड नेशन कार्यक्रमको आज बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले उद्घाटन गरेका छन । उनले २२ गते देखि २४ गते सम्म चल्ने कार्यक्रमलाई आज पानसमा बत्ती जलाइ औपचारिक रुपमा कार्यक्रमको शुभ आरम्भ गरेका छन । विद्यार्थीहरुको नेतृत्व विकास एवं पारस्परिक सद्भाव तथा विश्वभाइचारा सम्बन्ध विकास गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रमलाई सम्बोधन गर्दै उप-मेयर इम्तियाज आलमले अहिलेको मोडेल युनाइटेड नेसन जस्तो अन्तराष्ट्रिय स्तरको कार्यक्रमले विद्यार्थीहरुलाई आगामी दिनहरुमा नेतृत्व विकास र बिद्यार्थीको क्षमता बढाउन सहयोग गरेको बताए ।

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपालको भारतसँग रेल्वे कनेक्टिभिटी बढ्दै, तराईबाट पहाडतर्फ विस्तार

 Krishna Shrivastav

वीरगंज । नेपाल र भारतबीच रेल सेवा निरन्तर विस्तार हुँदै गएको छ । रेलमार्गहरू निरन्तर विस्तारका क्रममा छन् भने नयाँ निर्माण प्रक्रियाले तीव्रता पाएको छ । भारतको रक्सौल शहरबाट काठमाडौँ जोड्ने १३६ किलोमिटर रेलमार्गको लोकेसन सर्भे अन्तिम चरणमा पुगेको छ । नेपालको भौतिक पूर्वाधार मन्त्रालयमा सर्भे प्रतिवेदनको मस्यौदाबारे विस्तृत अध्ययन भइरहेको छ । मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले अध्ययनका लागि समिति गठन भई काम भइरहेको जानकारी दिए। भारतको जयनगरबाट नेपालको जनकपुरबाट कुर्था हुँदै बिजलापुरासम्म रेल सेवा विस्तार भइसकेको छ। कुर्था बिजलापुरा खण्ड भारतीय रुपैयाँ ७।८३ अर्बमा निर्माण भएको हो। यसका लागि

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेविसंघ तदर्थ केन्द्रीय कार्यसमितिमा ७१० सदस्य मनोनित, को-को परे ? (सूची)

 Krishna Shrivastav

वीरगंज । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । सोमवार कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा ७१० जना सदस्य मनोनित गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी सभापति देउवाले कार्यसमिति सदस्यहरुको मनोनय गर्नुभएको जानकारी दिएको छ । सभापति देउवाले विसं २०७८ चैत ९ गते नेविसङ्घको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए । कुन जिल्लाबाट को को परे ? सूची हेर्नुहोस् :


आँखा पाक्ने रोगले धमाधम विद्यालय बन्द

 Krishna Shrivastav

वीरगंज । आँखा पाक्ने रोग फैलन थालेपछि धमाधम विद्यालय बन्द भएका छन् । विद्यार्थी–शिक्षकसँगै संक्रमण घर–घर पुग्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गर्न थालिएको हो । स्वास्थ्य संस्थाहरूमा आँखा रातो हुने, पाक्ने, चिलाउने, पानी बग्ने तथा पोल्नेजस्ता समस्या लिएर बिरामीको चाप बढ्दै गएको छ ।आँखाका बिरामी बढेपछि चितवनका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । भरतपुर महानगर, रत्ननगरका सबै शिक्षण संस्था बन्द भएका छन् । भरतपुरमा सोमबारदेखि शुक्रबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले बताए । रत्ननगरका शिक्षा अधिकारी बद्रीनारायण शर्माका अनुसार नगरभित्रका सबै विद्यालय बुधबारसम्म बन्द गरिएको

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

आजको राशिफल

 Krishna Shrivastav

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक समस्याले मानसिक चिन्ता सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला । अनावश्यक धन खर्च

Breaking News, देश, दैनिक राशिफल - Daily Horoscope, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चितामा राखेको शव दागबत्ती दिने बेलामा प्रहरीले उठाएर लगेपछि……

 Krishna Shrivastav

वीरगंज । झापाको कन्काई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले सोमबार अपराह्न चिताबाटै उठाएको छ। इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागबत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको शव चिताबाटै उठाएको हो। कन्काई नगरपालिका–३ निवासी ३२ वर्षीया पूजा कोचकारको सोमबार दिउँसो मृत्यु भएपछि परिवारले अन्त्येष्टिका लागि उनको शव कन्काई माईमा पुयाएका थिए। तर, प्रहरीले घाटबाटै शव उठाएर पोष्टमर्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको हो। इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले स्थानीयवासीको मौखिक उजुरीका आधारमा शव नियन्त्रणमा लिँदै पोष्टमर्टमका लागि अस्पताल पठाइएको जानकारी

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

चिनी मिल चलाउन माग गर्दै किसानहरुले गरे प्रदर्शन

 Krishna Shrivastav

वीरगंज । रौतहटको गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल सञ्चालन र मिल बिक्रीको लिलामी टेन्डर खारेजीको माग गर्दै उखु उत्पादक संघ रौतहटले सोमबार सदरमुकाम गौरमा ¥याली निकालेको छ । हातमा उखुको बोट बोकेर सदरमुकाम गौर पुगेका जिल्लाभरका किसानले जिल्ला प्रशासन कार्यालयमा पुगेर चिनी मिल सञ्चालन र मिल बिक्रीको टेन्डर रद्द गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । झण्डै दुई वर्षदेखि बन्द रहेको गरुडाको चिनी मिल व्यवस्थापन पक्षले बिक्री गर्न लागेको भन्दै संघले रोक्न पहल थालेको छ । उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोककुमार यादवले घाटा देखाएर

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

स्कार्पियोमा गाँजा तस्करी गर्ने नेपाल र भारतको गिरोह बाराबाट पक्राउ

 Krishna Shrivastav

वीरगंज । स्कार्पियो गाडीमा लागु औषध गाँजा ओसार पसार गर्ने ७ जनालाई प्रहरीले ठूलो परिमाणमा गाँजासहित पक्राउ गरेको छ ।बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ अमलेखगञ्जबाट प्रहरीले १५७ केजी गाँजासहित चार भारतीय र तीन नेपालीलाई पक्राउ गरेको हो । बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार , गोप्य सुचनाको आधारमा आइतबार साँझ ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले अमलेखगञ्मा पुगेर बा ११ च ४९९२ नम्बरको स्कार्पियोमा ६ वटा पोकामा रहेको १५७ केजी गाँजासहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १ घर भएका ३९ वर्षिय रोशन नेगीलाई पक्राउ गरेको थियो ।गाँजा लोड

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

भारतबाट तस्करी गरि ल्याइएको २४ लाखको दुई ट्याक्टर गँहु पर्साको लखनपुरबाट पक्राउ

 Krishna Shrivastav

वीरगंज । भारतबाट तस्करी गरि ल्याइएको दुई ट्याक्टर गँहु प्रहरीले बरामद गरेको छ ।पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर ६ लखनपुरस्थित पुलबाट प्रहरीले २४ लाख ५० हजार रुपैयाँ मुल्यको १ सय ८० क्वीन्टल गँहुसहित दुई वटा ट्याक्टर बरामद गरेको हो । भारतबाट पर्साको ग्रामीण भेगका नाका हुदैं गँहुको तस्करी भइरहेको सुचना प्रहरीलाई प्राप्त भएको थियो । त्यहि सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरीबाट खटिएको प्रहरीको टोलीले लखनपुरमा मे।१ त ४८४८ र ना।२ त ४५६८ नम्बरको ट्याक्टर रोकेर चेकजाँच गर्र्दा दुवै ट्याक्टरबाट भन्सार छलेर ल्याइएको १ सय ८० क्वीन्टल गँहु फेला परेपछि

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

सुबोध स्मृति पुरस्कार वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गरिने

 Krishna Shrivastav

वीरगंज । यसवर्षको सुबोध स्मृति पुरस्कार वीरगन्जका वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गरिने भएको छ ।वीरगन्जका फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहद्वारा स्थापित ५१ हजार नगद राशिको सुबोध स्मृति पुरस्कार वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गर्ने निर्णय गरिएको हो । प्रतीक प्रकाशन समूहकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा बसेको बैठकले यस वर्षको सुबोध स्मृति पुरस्कार वरिष्ठ पत्रकार चन्द्रकिशोरलाई प्रदान गर्ने निर्णय गरेको प्रतीक दैनिकका सम्पादक शत्रुधन नेपालले जानकारी दिए । यसअघि यो पुरस्कार फोटो विधाका पत्रकार मात्रै प्रदान गरिंदै आएकामा गत वर्षदेखि भने अन्य विधाका पत्रकारलाई पनि प्रदान गर्न थालिएको

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

मन्दिर अगाडि चर्च बनाएपछि विवाद

 Krishna Shrivastav

वीरगंज । हिन्दुहरुको पौराणिक महत्वको विजयपुर डाँडामा इसाई धर्मका आस्थावानले चर्च बनाएपछि धरानमा विवाद बढेको छ ।सय वर्ष पुरानो बालगोपाल मन्दिर अगाडि पार्टी प्यालेस बनाउने भनेर अन्तमा चर्च बनाएको भन्दै हिन्दु धर्माबलम्बीले चर्च हटाउनुपर्ने माग राखेका छन् । स्वस्थानी ब्रत कथामा भगवान शिवले श्रीमती सतीदेवीको मृत्युपछि शव बोकेर यात्रा गर्ने क्रममा विजयपुरमा पुग्दा दाँत पतन भएको प्रसंग उल्लेख छ । दाँत पतन भएको भनिएको स्थानमा दन्तकाली मन्दिर छ । दन्तकाली आसपास बुढासुब्बा, पञ्चकन्या, पिन्डेश्वरलगायत धार्मिक शक्तिपीठहरु छन् । विजयपुर डाँडामा रहेका चारवटै शक्तिपीठको सयौं वर्ष पुरानो इतिहास छ । यी

Breaking News, देश, मधेश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अन्य ५ महानगर भन्दा वीरगन्ज महानगरको बजेट खर्च गर्ने क्षमता उत्साहजनक

 Krishna Shrivastav

वीरगंज । मुलुकका ६ वटा महानगरपालिकामध्ये वीरगन्ज महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा विनियोजित बजेटमध्ये सबैभन्दा बढि खर्च गरेको छ ।देशका अन्य महानगरपालिका मध्ये वीरगन्ज महानगरपालिकाको बजेट खर्च गर्ने क्षमता सबैभन्दा बढि देखिएको छ । गत आर्थिक वर्षमा वीरगन्ज महानगरपालिकाले ८० प्रतिशत बजेट खर्च गरेको हो ।गत आर्थिक वर्ष २०७९/८० मा वीरगन्ज महानगरपालिकाको बजेट ४ अर्ब ४६ करोडमध्ये ३ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको हो । यो कुल बजेटको ७९ दशमलव ६ प्रतिशत हो । वीरगन्ज महानगरपालिकाको बजेटमध्ये २ अर्ब ५६ करोड रुपैयाँ चालु तर्फ विनियोजन भएको थियो ।

Breaking News, देश, मधेश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मका लागि स्थगित

 Krishna Shrivastav

वीरगंज । प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्नो अडानबाट पछि नहटेपछि सोमबार बोलाइएको बैठक मंगलबारसम्मका लागि स्थगित भएको हो। सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन गर्न समिति बनाउनुपर्ने माग गर्दै एमालेले गत साउन १० गतेदेखि संसद अवरोध गर्दै आएको छ। संसदको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको सक्रियतामा प्रधानमन्त्रीसहित प्रमुख ३ दलका शीर्ष नेताबीच आज सोमबार बिहानदेखि दुई चरणमा छलफल भए पनि कुनै ठोस सहमति हुन सकेन। सहमति नभएपछि संसद सचिवालयले सूचना टाँस गरेर बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको

Breaking News, देश, मुख्य समाचार, राजनीति, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नेपालमा सात हजार ७३३ जनामा डेंगी संक्रमण हुँदा सात जनाको मृत्यु

 Krishna Shrivastav

वीरगंज । नेपालमा सात हजार ७३३ जनामा डेंगी संक्रमण हुँदा सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले हालसम्म सात हजार ७३३ जना संक्रमित भएको जानकारी दिए। सोमबार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै डा. मरासिनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको जानकारी दिए। उनका अनुसार ७१ जिल्लामा डेंगी संक्रमण देखिएको छ। सबै जिल्लामा डेंगी सार्ने लामखुट्टे रहेको छ र जति बेला पनि डेंगी सर्न सक्ने छ। “जनवरी १ देखि अगस्ट ६ सम्म सात हजार ७३३ केस रिपोर्ट भइसक्या

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार, स्वास्थ्य  संग सबंधीत छ |

भारतको लोक सभाले गर्‍यो राहुल गान्धीलाई संसदमा पुनर्बहाल

 Krishna Shrivastav

वीरगंज । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली भएको छ। लोक सभाका महासचिवले उनको सांसद पद सोमबार पुनर्बहाल गरेका हुन्। पुनर्बहाली भएसँगै राहुल संसद भवन पुगेका छन्। उनले सं‌सद भवन परिसरमा रहेको महात्मा गान्धीको शालिकमा फूल चढाएका छन्। गान्धी संसद फर्किएसँगै कंग्रेसका नेताहरूले खुसियाली मनाए। उनीहरूले नाराबाजी गरे भने मिठाइ पनि बाँडेका थिए। भारतको सर्वोच्च अदालतले गान्धी माथिको सजायमा गत शुक्रबार रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको थियो। सुरत जिल्ला अदालतले गान्धीमाथि मानहानी मुद्दामा २ वर्षको सजाय सुनाएको थियो। उक्त आदेशलगत्तै लोक सभाले उनलाई सा‌ंसद बन्न

Breaking News, देश, मुख्य समाचार, विश्व, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ

 Krishna Shrivastav

वीरगंज । बाग्लुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो। साउन १८ गते बिहीवार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस/तानातान गर्ने क्रममा आफ्नै घरभित्र भुइँमा खसेर बझारिएपछि घटनास्थलमै बालकको ज्यान गएकाे बताइएको छ। प्रहरीले घटनाको विषयमा तीन दिनपछि मात्रै जानकारी पाएको थियो । त्यसलगत्तै प्रहरीले हत्या आरोपमा प्रहरीले विक दम्पतीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

बाघकाे आक्रमणबाट एक पुरुषकाे ज्यान गयाे

 Krishna Shrivastav

वीरगंज । चितवन चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ । बाघकाे आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङकाे ज्यान गएकाे हाे । उहाँलाई खैरहनी नगरपालिका–१२ सहनपुरमा रहेकाे केरा घारीमा हिजाे आइतवार दिउँसो बाघले आक्रमण गरेकाे थियाे । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ । बाघ शनिवारदेखि नै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

अनुदानको मल बढी मूल्यमा बिक्री

 Krishna Shrivastav

वीरगंज । सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ। अनुदानको मल बढी मूल्यमा बिक्री गरेको गुनासो आएपछि समितिले अनुगमन गरेकोमा प्रतिकिलो रु १० देखि १५ सम्म बढी लिने गरेको पाइएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए। पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला, महानगर कृषि महाशाखा प्रमुख कडरियासहितको टोलि अनुगमनमा गएको थियो। अनुगमनका क्रममा पोखरा महानगरपालिका–१२ स्थित अमरसिंह कृषि सुलभ

Breaking News, देश, मुख्य समाचार, वीरगंज संजाल बिशेष, समाचार  संग सबंधीत छ |

समाचार
News

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

News

महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

News

देशभर बर्षा र बाढीको चेतावनी

News

आज राष्ट्रीय धान दिवस

News

आज आइतबारको राशिफल