• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    अन्य ५ महानगर भन्दा वीरगन्ज महानगरको बजेट खर्च गर्ने क्षमता उत्साहजनक

  • वीरगंज संजाल
  • Aug 7, 2023, 6:18 pm
  • ८४९

    वीरगंज । मुलुकका ६ वटा महानगरपालिकामध्ये वीरगन्ज महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा विनियोजित बजेटमध्ये सबैभन्दा बढि खर्च गरेको छ ।देशका अन्य महानगरपालिका मध्ये वीरगन्ज महानगरपालिकाको बजेट खर्च गर्ने क्षमता सबैभन्दा बढि देखिएको छ । गत आर्थिक वर्षमा वीरगन्ज महानगरपालिकाले ८० प्रतिशत बजेट खर्च गरेको हो ।गत आर्थिक वर्ष २०७९/८० मा वीरगन्ज महानगरपालिकाको बजेट ४ अर्ब ४६ करोडमध्ये ३ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको हो । यो कुल बजेटको ७९ दशमलव ६ प्रतिशत हो । वीरगन्ज महानगरपालिकाको बजेटमध्ये २ अर्ब ५६ करोड रुपैयाँ चालु तर्फ विनियोजन भएको थियो । त्यसमध्ये २ अर्ब २९ करोड खर्च भएको जानकारी महानगरपालिकाका लेखा अधिकृत रुपनारायण राउतले दिए । यो कुल बजेटको ८९ दशमलव ५ प्रतशित हो । त्यस्तै पूँजीगत खर्चका लागि १ अर्ब ९० करोड बजेट विनियोजन भएकोमा १ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ । यो कुल बजेटको ६६ दशमलव ३ प्रतिशत हो । वीरगन्ज महानगरले बजेटको स्रोत उपायोग गर्ने स्रोतमध्ये अघिल्लो आर्थिक वर्षको बचतबाट १ अर्ब ६ करोड रुपैयाँ ल्याएको थियो ।

    त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य ६० करोड राखेकोमा ५७ करोड असुली गरेको वीरगन्ज महानगरपालिकाले जनाएको छ । यस्तै संघीय सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, सशर्त र विशेष अनुदान महानगरले राखेको लक्ष्य अनुसार प्राप्त भएको राउतले बताए । वीरगन्ज महानगरपालिकाले गत आर्थिक वर्षमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान र सशर्त अनुदान गरी जम्मा १ अर्ब ७० करोड ६२ लाखको राजस्व लक्ष्य राखेको थियो । यस्तै मधेस प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट, समपूरक अनुदान, विशेष अनुदान र सशर्त अनुदानबाट ७ करोड ९८ लाखको लक्ष्य राखेको थियो । गत आर्थिक वर्षमा देशकै सबैभन्दा ठूलो बजेट रहेको काठमाडौं महानगरपालिकाको खर्च भने सबैभन्दा कम ३६ प्रतिशतमात्रै हुन सकेको छ ।देशभरका अन्य महानगरपालिकाले खर्च गर्ने क्षमता बढाइरहँदा काठमाडौंको विगत वर्षहरुको तुलनामा पनि खस्केको देखिएको छ । विराटनगर महानगरपालिकाको बजेट खर्च पनि अन्य महानगरपालिकाको तुलनामा उत्साहजनक नै देखिएको छ ।विराटनगर महानगरपालिकाले गत आर्थिक वर्षमा ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट ल्याएको थियो । त्यसमध्ये ७६ दशमलव ५४ प्रतिशत अर्थात २ अर्ब ७७ करोड खर्च गरेको हो ।

    पोखरा महानगरपालिकाले आफ्नो कुल बजेटको ६१ प्रतिशत खर्च गरेको छ । महानगरपालिकाले ८ अर्ब ८४ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएकोमा ५ अर्ब ४५ करोड ५१ लाख ६८ हजार खर्च भएको हो । यो कुल बजेटको ६१ दशमलव ६६ प्रतिशत हो । भरतपुर महानगरपालिकाले ६७ प्रतिशत बजेट खर्च गरेको छ । महानगरपालिकाले ल्याएको ६ अर्ब ५५ करोड बजेटमध्ये ४ अर्ब ३९ करोड खर्च गरेको हो । ललितपुर महानगरपालिकाको कुल बजेट ६ अर्ब ३५ करोड ३५ लाखमध्ये ६५ प्रतिशत बजेट खर्च गरेको छ । चालु र पूँजीगत गरी ललितपुरले ४ अर्ब १७ करोड ९३ लाख खर्च गरेको हो । गत आर्थिक वर्ष २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको काठमाडौ महानगरपालिकांले गत आर्थिक वर्ष सकिँदा जम्मा ९ अर्ब १६ करोड ३३ लाख ७२ हजार मात्रै खर्च गरेको छ । यो ३६ दशमलव ०४ प्रतिशत मात्रै हो, जुन २०७४ मा पहिलोपटक स्थानीय चुनाव भएपछिकै सबैभन्दा कम हो । यसअघिका मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा पाँच आर्थिक वर्षको बजेटको औसत खर्च ४३ दशमलव ३७ प्रतिशत थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
  • मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    News

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑