वीरगंज । भारतबाट तस्करी गरि ल्याइएको दुई ट्याक्टर गँहु प्रहरीले बरामद गरेको छ ।पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर ६ लखनपुरस्थित पुलबाट प्रहरीले २४ लाख ५० हजार रुपैयाँ मुल्यको १ सय ८० क्वीन्टल गँहुसहित दुई वटा ट्याक्टर बरामद गरेको हो ।
भारतबाट पर्साको ग्रामीण भेगका नाका हुदैं गँहुको तस्करी भइरहेको सुचना प्रहरीलाई प्राप्त भएको थियो । त्यहि सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरीबाट खटिएको प्रहरीको टोलीले लखनपुरमा मे।१ त ४८४८ र ना।२ त ४५६८ नम्बरको ट्याक्टर रोकेर चेकजाँच गर्र्दा दुवै ट्याक्टरबाट भन्सार छलेर ल्याइएको १ सय ८० क्वीन्टल गँहु फेला परेपछि गँहुसहितको दुवै ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
पुलनजिक प्रहरीको टोली पुग्दा दुवै ट्याक्टरका चालकहरु गँहुसहितको ट्याटर छाडेर फरार भएको गिरीले बताए ।
बरामद गँहुसहितको ट्यक्टर आवश्यक अनुसन्धान र कारबाहीको लागि सोमबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरक्षिक गिरीले जानकारी दिए ।