वडा न. १४ का वडा अध्यक्ष भरत कुर्मीको अध्यक्षतामा ९ सदस्यीय वडा स्तरीय खाद्य स्वच्छता अनुगमन टोलि गठन
वीरगंज संजाल
२४ मंसिर २०७६, मंगलवार २२:३६
५३४५
बिरगंज | खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका वडा न.१४ मा अवस्थित जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको सभाहलमा संचालित वडा स्तरीय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि दुई दिने तालिमको मंगलवार दोस्रो दिन दुई दिन हुने तालिममा खाद्य प्रबिधि तथा
गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजका कार्यालय प्रमुख रत्नकान्त झाको अध्यक्षता तथा निम्न सरोकारवाला प्रतिनिधिहरुको उपस्थितिमा रहेको थियो ।खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंज पर्साद्वारा २३ र २४ गते सम्म बिरगंज महानगर पालिका वडा म,१४ मा संचालित वडा स्तरिय खाद्य स्वच्छता समुह गठन भएको छ ।
वडा न.१४ मा संचालनमा रहेकोे होटेल , खाद्य , उद्योग , किराना पसआ अनुगमन निरीक्षण गर्न वडा न. १४ का वडा अध्यक्ष भरत राउत कुर्मीको अध्यक्षतामा ९ सदस्यीय टोलि गठन भएको छ ।त्यसै गरि सदस्यहरुमा सन्जय प्रसाद पटेल , रफिक अन्सारी , लाल बहादुर प्रसाद , देवकरण प्रसाद , पुरुषाेतम पौडेल , बिजय साह र श्रवण कुमार साह लाई चयन गरेको छ ।