केन्द्रिय पर्यवेक्षक राईनको बदमासीको कारण राजपा पर्सामा विवाद –वक्ताहरु
वीरगंज संजाल
७ मंसिर २०७६, शनिबार १८:५२
६०९७
विरगंज | पत्रकार सम्मेलनमा पार्टीका महासचिव शिव पटेलले केन्द्रले पठाएको पर्यवेक्षकको बदमासीका कारण पर्सामा बिवाद देखिएको बताउनुभयो ।महासचिव पटेलले पार्टीको केन्द्रिय निर्णय अनुसारनै यो समितिले बिस्तारित बैठक,
वडा सम्मेलन, गाँउपालिका, नगरपालिका र पर्साको चारै क्षेत्रको भेला तथा कार्तिक ३० गते जिल्ला कमिटी गठन गरेकोले अध्यक्ष जगदिश पटेलले नेतृत्व गरेको समितीनै आधिकारिक भएको बताउनुभयो । उहाँले कुर्मी धर्मशालामा सम्पन्न अधिवेशनमा ६ दल मध्ये पाँच दलको अध्यक्षको सर्मथन र बहुमत प्राप्त भएकोले पनि जगदशि पटेलले नेतृत्व गरेको समिती आधिकारी रहेको बताउनुभयो ।
त्यसैगरी प्रदेशसभा सदस्य एवं केन्द्रिय सदस्य रमेश पटेलले पनि केन्द्रबाट खटेको पर्यवक्ष जैनुल राईनको कारण पर्सामा दुई ठाँउमा अधिवेशन भएको बताउनुभयो । उहाँले राईनले पार्टी भन्दा पनि व्यक्तिलाई बिशेष प्राथमिकता दिएको कारण समस्या भएको बताउनुभयो ।
उहाँले पार्टीलाई नै तोड्ने गरी पर्यवेक्षक जैनुल राईन कार्य गरेको भन्दै राईनलाई कारवाहीको समेत माँग गरेका छन । जिल्ला अध्यक्ष जगदिश पेटलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ नेता,रामचन्द्र पंडित कृष्णा पटेल ,वीरगंज नगर अध्यक्ष ओमप्रकाश सर्राफ,केन्द्रिय सदस्य रम्भा मिश्र, मुन्नी श्रीवास्तव,रेखा घिमिरे, सचिव श्रीराम गिरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सजिच राजेश साहले गर्नुभएको थियो ।