• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बुनिलाल हत्याकाण्ड : हत्यारा समाउन प्रहरी असफल

  • वीरगंज संजाल
  • २ मंसिर २०७६, सोमबार २३:०३
  • १०३९५

    वीरगंज | वीरगंज वारुणयन्त्रको फायरमैनसमेत रहेका वीरगंज–१६ नगवा निवासी बुनिलाल चौरसिया हत्याकाण्डमा प्रहरीले हत्याराको पहिचान गरेपनि समात्न भने सकेको छैन ।चौरसियाको कात्तिक ७ गते बेलुकी हत्या भएको थियो । उनको शव  नगवास्थित पोखरीको डिलमा बोराभित्र राखेर प्mयाँकेको अवस्थामा घटनाको भोलिपल्ट कात्तिक ८ गते दिउँसो बरामद भएको थियोे ।

    चौरसिया हत्याकाण्डको २५ दिन बितिसक्दा पनि पर्सा प्रहरीले हत्याको योजनाकारको रूपमा रहेका तीनजनालाई मात्र पक्राउ गर्न सकेको छ भने हत्यारा चारजनालाई समात्न सकेको छैन । प्रहरीले हत्याको योजनाकारको रूपमा वीरगंज–६ माईस्थान निवासी दीपककिशोर अग्रवाल, निजकी पत्नी निधि अग्रवाल र बारा इटियाही निवासी प्रेमचन्द्र साहलाई पक्राउ गरेको छ । उनीहरूमाथि सङ्गठित अपराध र कर्तव्य ज्यान मुद्दा लगाइएको छ । यो कसूरमा प्रहरीले अभियुक्तहरूलाई अदालतको आदेशमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ ।

    पर्सा प्रहरीको अनुसन्धानमा घटनाको दिन साँझ ५ बजेतिर बुनिलाल चौरसिया हेलमेट लगाएरै अग्रवालको घरमा प्रवेश गरेको सिसी क्यामरा फुटेजमा देखिएको छ । चौरसियासँग प्रेमचन्द्र साह पनि प्रवेश गरेको देखिएको छ । बुनिलालले सो दिन घरपरिवारमा अग्रवाल र साहसँग बक्यौता रकम लिन जान्छु भनेर तमसुक र चेकसहित हिंडेको परिवारका सदस्यले बताएका छन् । अग्रवालको घरमा जान भनेर हिंडेका चौरसिया घर फर्किएनन् । उनको शव भोलिपल्ट घरनजीकको नगवा पोखरीको डिलमा बोराले प्याक गरेको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

     प्रहरीले अग्रवाल दम्पतीलाई सोही साँझ पक्राउ गरेको थियो भने साहलाई अग्रवालको घरदेखि पूर्वतर्पm एकजना सोनारको पसलमा रहेको सिसी क्यामराको फुटेजपछि समातेको हो । हत्या भएको चौरसिया चढ्ने गरेको मोटरसाइकल घटनाको दुई दिनपछि अलखियामठदेखि कन्या मावि जाने बाटोको गल्लीमा फेला परेको थियो ।  चौरसियाको हत्या भएको र अग्रवाल दम्पती तथा साहको संलग्नता पुष्टि भएपनि अहिलेसम्म प्रहरीले हत्याराहरूलाई भने समाउन सकेको छैन । हत्यारा चारैजना भारत झारखण्ड निवासी भएको बुझिन आएको छ ।

    निधि अग्रवालको माइत पनि झारखण्ड हो । उनले नै माइतबाट सुटर बोलाएर चौरसियाको हत्या गराएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । पर्साका प्रहरी उपरीक्षक सोभेन्द्र सिंह राठौरले हत्याका योजनाकारहरू पक्राउ परेको तर हत्यारा भने पक्राउ परिनसकेको बताए । उनले हत्यामा चारजनाको संलग्नता देखिएको र उनीहरूको खोजी कार्यमा प्रहरी लागेको बताए । पर्सा प्रहरीले बुनिलाल चौरसियाको हत्याको कारण पत्ता लगाउनेक्रममा परिवार र शङ्कास्पद २० जनाभन्दा बढीसँग बयान लिइसकेको छ । बयानको क्रममा धेरैले लेनदेनको कारण हत्या भएको कुरालाई अस्वीकार गरेको पाइएको छ । उनीहरूले आर्थिकभन्दा पनि अर्कै कारण हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

    पर्सा प्रहरीले अनुसन्धानको क्रममा भएको कारण घटनाको सबै कुरा सार्वजनिक गर्न नमिल्ने बताउँदै आएको छ । हत्या भएको हो र योजनाकार समातिएका छन् र हत्याराको खोजी कार्यमा प्रहरी लागेको छ भन्ने कुरालाई २५ दिनसम्म पर्सा प्रहरीले पत्रकारलाई दोह¥याउँदै आएको कुरा हो । हत्या भएको बुनिलाल चौरसिया वीरगंज वारुणयन्त्रमा फायरमैनमा जागीरे थिए । तर केही वर्षयता उनको जग्गाको कारोबारबाट व्यापक आर्थिक प्रगति भएको थियो । जग्गाको कारोबार र ढुकुटी खेलाउने कामबाट चौरसियाको आम्दानी बढेको बताइन्छ ।

    उनले बजारमा ब्याजमा कारोबार गर्दै पनि आएका थिए । ठूलो परिमाणमा उनको लगानी छ भने थुप्रै मानिसलाई रकम दिनुपर्ने पनि छ । हत्यापछि प्रहरीले अनुसन्धानको क्रममा चौरसियाको बारेमा यी कुराहरूको पनि पत्ता लगाएको छ । एकजना प्रहरीले चौरसियाको आर्थिक कारोबार पछिल्लो समयमा निकै बढेको अनुसन्धानमा देखिएको बताएका छन् । पर्सा प्रहरीले हत्याकाण्डको गुत्थी हत्यारा पक्राउ परेकै दिन सार्वजनिक गर्ने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑