प्रहरी कार्यालयबाटै फरार भएका बलात्कारका आरोपी पुनः पक्राउ
वीरगंज संजाल
४ भाद्र २०७६, बुधबार १७:२२
४८२३
प्रहरी कार्यालयबाटै फरार भएका बलात्कारका आरोपी पुनः पक्राउ ४ भदौ प्रहरीले बयान लिइरहेकै बेला फरार भएका बलात्कारका आरोपी पुनः पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय धनुषाले एक साताअघि बयान लिइरहँदा फरार भएका राममणी यादवलाई सिरहा सदरमुकामबाट पक्राउ गरिएको हो|
१३ बर्षीया बालिका बलात्कारको आरोपमा यादवलाई जनकपुरधाम उप महानगरपालिका ८ बलुवा टोलस्थित उनको डेराबाटै पक्राउ गरिएको थियो नियन्त्रणमा लिइ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई गत साउन ३० गते प्रहरीले बयान लिइरहँदा उनी जिल्ला प्रहरी कार्यालयबाट फरार भएका थिए ।
२० बर्षीय यादव सिरहाकै हुन् उनी जनकपुरधाममा ओभरसियरी पढ्दै आएका थिए धनुषा प्रहरीका प्रबक्ता रामेश्वर कार्कीले यादवलाई सिरहा सदरमुकामबाट मंगलबार राति पक्राउ गरिएको जानकारी दिए । उनले भने, “प्रहरीले बयान लिने क्रममा मुद्दा फाँटबाट प्रहरीको आँखा छलेर भागेका थिए जिल्ला प्रहरी कार्यालयबाटै बलात्कारका आरोपी फरार भएपछि छानबिनका लागि प्रबक्ता कार्कीकै संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरिएको थियो ।
त्यसअघि प्रहरी सहायक निरीक्षक (असई) राज कुमार भण्डारीलाई निलम्बन गरिएको थियो । धनुषा प्रहरीले राममणीलाई भगाउन सहयोग गर्ने थप चार जनालाई पक्राउ गरेको छ सिरहाको औरहीका प्रमेश यादव, ठेंगहीका सुर्यनारायण यादव, बसपिट्टाका राजकुमार यादव र अर्नमाका रामप्रकाश यादवलाई पक्राउ गरिएको डिएसपी कार्कीले बताए । उनीहरु सबै राममणीका साथी हुन् । उनीहरुमाथि सार्वजनिक अपराधको मुद्दा चलाइएको कार्कीले बताए ।