वीरगञ्ज ४ भदौ । विपन्न बिरामीको उपचारको आधार मानिएको वीरगञ्जको नारायणी अस्पतालका डाक्टरको कमिशन मोहका कारण बिरामीहरु आर्थिक शोषणमा परेका छन् । एकपछि एक गरी यस्ता प्रकरणहरु बाहिर आउन थलेका छन् ।
उपचारका लागि बिरामीलाई निजी प्याथोलोजीमा पठाएर गलत रिपार्टका आधारमा उपचार गर्ने डाक्टर अशोक कुशवाहले मल्टिभिटामीनमा समेत कमिशन खाने गरेको समाचार प्राप्त भएको छ । स्रोतका अनुसार कुशवाहले उपचारमा आउने बिरामीलाई अनावश्यक औषधी र मल्टिभिटामिन लेखेर लाखौं रुपैयाँ कमिशन कुम्ल्याउने गरेका छन् ।
वीरगञ्जका एकजना मल्टिभिटामिन आयातकर्तासित कमिशनको सेटिङ मिलाएर प्रत्येक विरामीलाई लाइकोक्सी प्लस नामको मल्टिभिटामिन लेख्ने गरेका छन् । एक पत्ता औषधी लेखेवापत डाक्टर कुशवाहले १८० रुपैयाँ कमिशन लिने गरेका छन् । भन्सारमा कम मूल्यांकन गरेर भित्रिने यो भिटामिन बजारमा साढे ४ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।
उनले प्याथोलोजीसँग पनि ५० प्रतिशत कमिशन लिएर गरिब बिरामीलाई चुस्ने गरेको भुक्तभोगी बताउँछन् । हालै उनले स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुसंग चेकजाचको नाममा खुलेयाम कमिसन खाएको प्रमाण फेला परेको छ ।
गत आइतवार नारायणी अस्पतालमा उपचार गराउन आएका एकजना बिरामीलाई डा. कुशवाहाले आफ्नो कमिसनको निम्ति गलत रिपोर्टमा बिरामीको उपचार गरेको प्रमाण सार्वजनिक भएको थियो । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २४ हरपुर बलुवा निवासी तारिक हुसेन आफ्नो छोरालाई ज्वरो आएकोले नारायणी अस्पतालमा उपचार गराउन आउदा डा. कुश्वाहाले नारायणि अस्पतालमा रहेको प्याथलोजीमा सेवाग्राहीलाइ नपठाई आफनो दलाल मार्फत कमिसन खाने चकरमा मा अम्बे प्याथलोजीमा सेवाग्राहीलाई पठाएका थिए ।
डा. कुशवाहाले छोराको खुन, पिसाब चेकप गराउन पुर्जीमा लेखी मा. अम्बे प्याथलोजीमा जान पठाएका थिए । सो रिपोर्ट ल्याएर डा. कुशवाहालाई देखाउदा छोरालाई टाइफाइड भएको वताउदै ओषधी लेखेका थिए ।
तर त्यो रिपोर्टमा आफ्नो चित नबुझे पछि पुनः नारायाणी अस्पतालको ल्याबमा खुन, पिसाब चेकअप गराउँदा टाइफाईड नभएको देखिएको थियो । दुबै रोपोर्ट लिएर डा. कुशवाहा कहां पुनः पुग्दा उनले हल्ला नगर्नुस भन्दै रकम फिर्ता गराएका थिए ।