पर्सा । हरेक स्थानिय तहका सार्वजनिक पक्षका बिकास, सार्वजनिक कार्य सन्चालन र प्रसाशन चलाउनका निम्ति पालिका अध्यक्ष, उपाध्यक्ष, वार्ड अध्यक्ष, र वार्ड सदस्यहरूलाई मतदान गराइ जिताइएको छ। मतदानबाट जितेका प्रतिनिधिहरुको योग्यता माथी पनि प्रश्न उठाउन अलि अस्वभाबिक जस्तो लाग्न सक्छ।
तर जब उनिहरु आफु, आफ्नो भुमिका र कर्तव्य बुझन सक्दैनन भने पक्कै पनि मतदाता र संबंधित जनताहरु गाली बाहेक अरु केही कुरा दिन्छन भने आशा पनि राख्न सकिन्न। मानिसको दैनिकिमा बस्तु आयात र निर्यात गर्न सडक र यातायात अपरिहार्य हुन्छ। सिमा नजिकका मानिसहरु प्राय भारतबाटनै किनमेल गर्छन् किन कि नेपालको तुलनामा भारतीय बजारमा बस्तुहरु सस्तो पर्छ । बिहार र नेपालको बेटिरोटिको सम्बन्ध भएकोले पनि आफ्ना संबंधित नातेदार कहाँ जाने आउने क्रम चलिरहेको हुन्छ।
पर्साको बिन्दवासिनी गाउँपालिका प्रसौनी भाठा र भारत बिहारको भेलाही बजारलाई जोडने दश गज्जा क्षेत्रमा अवस्थित पुल लगभग 15 बर्ष देखि बाढीको कारण भाचेको छ। उक्त खराब बाटोको कारणले गर्दा दिनहु हजारौ यात्रीहरु मारमा थिए। समस्याको बारेमा फोन गरेर गा.पा. अध्यक्ष श्रीलाल साह सङ्ग कुरा गर्दा केही पनि रेसपन्स नआएको भनेर स्थानीयबासीहरुले गुनासो गरे । तर धेरै पटक सम्पर्क गर्दा गा.पा. अध्यक्ष साह र वार्ड अध्यक्ष सुकदेव रौउत अहिर भोलि निरीक्षण र समस्या समाधान कसरी गर्न सकिन्छ भनेर बुझन आउने भनेर बताए पनि ३/४ पटक समय दिएर नाआएको र स्थानियहरुलाई मूर्ख बनाएको भनेर बुझिएको छ।
यसरी स्थानियहरु आफ्ना जनप्रतिनिधिहरुलाइ कुर्दाकुर्दै समस्या समाधान गर्न नसके पछि स्थानिय कलसरिफ गदी,ओजिर गदी, रबिन्द्र गुप्ता र बाबुनन्द गदीले संबंधित सबै निकाय र ब्यक्तिहरुसङ्ग छलफल, सहकार्य र सहमती गरे। उक्त ठाउ दशगजा क्षेत्र भएकोले नेपाल लगायत भारतको पनि समान्य स्वीकृति लिन र दिनु परेको थियो ।
काम धेरै सानो तर अति आवश्यक भएकोले यस सार्वजनिक हितका लागि संबंधित सबै पक्षहरु सकारात्मक भए पनि समस्या समाधानको थालनी यी युवाहरु बाहेक अरु कसैबाट भएको थिएन । युवाहरुले गाउँमै रहेको पाइप लगायतका सामग्रीहरु आफै बोकि समस्या भएको बाटो स्थल सम्म पुर्याए। तर यति मात्र पर्याप्त थिएन किन कि JCB जस्ता मेसिन बाटोलाई बराबर गर्न र माटो पुर्न आवश्यक थियो। जसको लागि युवाहरुले लिखित रुपमै गा. पा. लाई अनुरोध गर्नु परेको थियो।
यो कामले अहिले आवत-जावत सजिलो भए पनि थप काम गर्नु पर्ने आवश्यकता छ। धेरै छिट्टै यस पुलको निर्माणका लागि संघीय सरकारको योजना र बजेट भित्र अटाउने छ भने आशा गरिएको छ। जसको लागत लगभग ५-६ करोड हुनेछ।