• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रहरी बलियो बनाउँदै प्रदेश सरकार

  • वीरगंज संजाल
  • Aug 21, 2019, 2:29 am
  • ५८०१

    बुटवल : प्रदेश प्रहरी गठनको तयारी भइरहदा प्रदेश ५ मा पूर्वाधारका काम थालिएका छन्। पहिलो चरणमा प्रदेशको सुरक्षा सुदृढिकरण र दूर्घटना न्यूनिकरणको योजना सहित प्रदेश ५ सरकारले सिसिटिभी क्यामेरा जडान गरेको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको निगरानीमा रहने गरी प्रदेशका ११ जिल्लामा सिसीक्यामेरा जोडिएको हो।

    प्रदेश ५ मा सीमाबाट भित्रिने साना हतियार, तत्कालीन जनयुद्धमा प्रयोग भएका हतियार सहित विप्लप माओवादी सुरक्षा चुनौती छ। प्रहरीले सुरक्षासँगै दूर्घटना न्यूनिकरणका लागि प्रविधिको माग गरिरहेको छ। प्रदेश सरकारले पहिलोपटक प्रहरीका लागि बजेट बिनियोजन गरेर कार्यान्वयनमा लगेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीका लागि गाडी खरिदको तयारीसमेत गरेको छ।

    प्रदेश मुख्यालयबाटै सबै जिल्लाको सुरक्षा निगरानी राख्ने काम सुरु भइसकेको छ। प्रदेश ५ मा १२ जिल्ला रहे पनि अहिले रोल्पामा सिसिक्यामेरा जडान भएको छैन। रोल्पाबाहेक ११ वटा जिल्लामा १४० क्यामेरा जडान भइरहेका छन्। हालसम्म १०५ वटा क्यामेराका दृश्यको निगरानी गर्न सकिने छ।

    प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुइटेलले दुर्घटना न्यूनिकरण र सुरक्षा निगरानीका लागि क्यामेरा जडान भएको बताए। ‘दिउँसो राति दुबै समयको दृश्य अध्ययन गर्न सकिनेछ, यसको निगरानी कन्ट्रोल रुमबाट हुन्छ, उनले भने।

    प्रदेश सरकारले सुरक्षा सुदृढिकरणअन्तर्गत सिसी क्यामेरा जडानका लागि ३ करोड बिनियोजन गरेको थियो। सोही अनुरुप प्रदेशभर नै क्यामेरा जडान गरिएको हो। २१ लाख लागतमा कन्ट्रोल रुम निर्माण गरिएको छ। रुपन्देही र नवलपरासीमा १८/१८, पाल्पामा १६, बाकेमा १५, कपिलवस्तुमा १४, प्युठानमा ९, गुल्मीमा ८, अर्घाखाचीमा ७ वटा क्यामेरा जडान भइसकेका छन्। दाङ, बर्दिया र रुकुममा जडानको काम जारी छ। प्रदेश ट्राफिकमा पनि ८ वटा क्यामेरा जडान भएको प्रमुख लुइटेलले बताए। यसका लागि २ करोढ ५९ लाख खर्च भएको छ।

    बुटवलको राजमार्ग चौराहा, मिलनचोक, अस्पताल लाइन, भुड्किचोक, नेपालगञ्ज रोड, गोलपार्क, दरवारचोकमा क्यामेरा जडान भएको छ। यी क्यामेराले राजमार्ग र बुटवलमा निर्माण भएको आकाशेपुलको समेत निगरानी गर्नेछ। बुटवलमा भइरहेको ट्राफिक व्यवस्थापनमा पनि क्यामेरा सहयोगी हुने प्रहरीले जनाएको छ।

    प्रदेश सरकारले नीति तथा कार्यक्रममा नै सिसीक्यामेराबाट प्रदेशको सुरक्षा निगरानी गरिने उल्येख गरेको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सुरक्षा निगरानी र दुर्घटना न्यूनिकरणका लागि क्यामेरा महत्वपूर्ण रहेको बताए। ‘यसले अनुसन्धानलाई प्रभावकारी बनाउनेछ, अपराधी उम्किन सक्ने छैनन,’ उनले भने। मुख्यमन्त्रीले यसको प्रभावकारी कार्यान्वयनका लागि समेत प्रहरीलाई निर्देशन दिए।

    प्रदेशमा भएका कतिपय दुर्घटनाको सही अनुसन्धान हुन सकेको छैन। क्यामेराले अपराध न्युनिकरणमा मद्दत पुग्ने प्रदेश प्रहरी प्रमुख सुरेन्द्र विक्रम शाहले बताए। प्रदेशमा पछिल्लो समय विप्लप नेतृत्वको नेकपाको गतिबिधि बढ्दो अवस्थामा छ। सीमा क्षेत्रबाट हुने हतियार अन्य वस्तुको तस्करी रोक्न मद्दत पुग्नेछ।

    प्रदेश प्रहरी गठन भएपछि गर्नुपर्ने पूर्वाधार निर्माणको तयारी सरकारले थालेको हो। अहिले प्रदेशको प्रहरी मुख्यालय दाङमा रहेको छ। त्यसलाई रुपन्देहीमै ल्याउने तयारीसमेत गरिएको छ। सो कार्यालय भैरहवा राख्ने कि बुटवलमा भन्ने अझै निक्र्यौल भएको छैन। बुटवलमा सरकार र दाङमा प्रहरी नेतृत्व हुँदा सुरक्षा समन्वयमा समस्या भइरहेको प्रहरी अधिकृतले बताउँदै आएका छन्। प्रदेश ५ मा प्रहरी जनशक्ति पनि आवश्यकता अनुसार हुन सकेको छैन। प्रहरी ऐन बनाएपछि त्यसको व्यवस्थापन समेत प्रदेशबाटै हुनेछ। संविधानतः प्रदेश प्रहरी, प्रदेश अनुसन्धान ब्युरो राख्न सकिने छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे
  • रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग
  • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
  • गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    कुटपिट गर्ने युवक पक्राउ, भ्रामक हल्लाको पछि नलाग्न पर्सा प्रहरीको अपिल

    धनुषामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

    विश्वव्यापी पत्रकारिता सहकार्यका लागि अन्तरमहादेशीय पत्रकार सञ्जाल र सार्क पत्रकार मञ्चबीच तीन वर्षे समझदारी

    अभिभावकहरूलाई मधेस सरकारको अपीलः अत्यावश्यक कामबाहेक आफ्ना छोराछोरीलाई घरबाहिर नपठाउनुहोस्

    नेपाल भारत सीमामा सादा पोशाकमा ‘बीआईटी’: तेस्रो देशका नागरिकहरूको सम्भावित घुसपैठ नियन्त्रण पनि उद्देश्य

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ओपन डिबेट तथा इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६ को फाइनल सम्पन्न, विद्यार्थीले तर्ककला र वक्तृत्व क्षमता प्रदर्शन गरे

    News

    रक्सौलमा तीनदिने धर्म संसद सम्पन्न, हिन्दु राष्ट्र घोषणा र गौमातालाई ‘राष्ट्रमाता’को मान्यता दिन माग

    News

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    News

    गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ

    News

    शिल्पा शेट्टीले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑