निजगढ : १८० औं विश्व फोटोग्राफी दिवसको अवसरमा नेपाल फोटो पत्रकार महासंघ बारा शाखाको कार्यालय आज एक समारोहका बिच उद्घाटन गरिएको छ ।
कार्यालय उद्घाटन गर्दै निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालले समाजलाई सही दिशा तर्फ डो¥याउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पु¥याउदै आई रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले हरेक क्षेत्रका नराम्रा काममा खबरदारी र राम्रा काममा हौसला दिने एक माध्यम यो क्षेत्र पनि रहेको बताए ।
लामो संक्रमणकालिन अवस्थालाई पार गर्दै देशमा स्थानिय सरकार बनेको भन्दै उहाँले यो समयमा जनप्रतिनिधिहरुले काम गर्ने दौरानमा हुने कही कमी कमजोरीलाई औँल्याउँदै सच्चिएर अघी बढ्न फोटो र लेखन दुबै क्षेत्रका पत्रकारहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उनको भनाई थियो ।
झण्डै १० महिना अघि नेपाल फोटो पत्रकार महासंघ बारा शाखाको भवन निर्माणका लागि जग्गा माग गरिएको स्मरण गर्दै नगरप्रमुख खनालले प्रकृया पु¥याएर केही महिनाभित्रै त्यसको ब्यवस्था गर्न नगरपालिका सकारात्मक रहेको आश्वस्त पारे ।
फोटो पत्रकार महासंघ बाराका सदस्य प्रकाश लम्सालले स्वागत गर्नुभएको कार्यक्रममा पत्रकार, जनप्रतिनिधी, संघ संस्थाका प्रमुख, समाजसेवी, बुद्धिजीवि लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
नेपाल फोटो पत्रकार महासंघ शाखा बाराका अध्यक्ष जीतलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष पत्रकार दिवाकर भण्डारीले गरेका थिए ।