पर्यटन प्रवर्धन बिषयक बृहत अन्तक्रिया सम्पन्न,पर्यटकको सुरक्षा तथा हेर्ने दृश्किोणमा परिवर्तनको खाचो
वीरगंज संजाल
१० आश्विन २०७६, शुक्रबार २१:३३
४४९७
वीरगन्ज| बिश्व पर्यटन दिवसको अवसर पारेर वीरगन्ज महानगरपालिकाले पर्यटन प्रवद्र्धनको सन्दर्भमा वृहत अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वीरगन्ज महानगरपालिकाको आयोजना तथा भिजिट मधेश नेपालको संयोजनमा सम्पन्न भएको कार्यक्रममा वोल्ने बक्ताहरुले प्रदेश नं. २ मा पर्यटन प्रवद्र्धनको अपार सम्भावनाहरु रहेको कुरामा जोड दिएका थिए । प्रदेश नं. २ भम्रणका लागि आउँने पर्यटकहरुको सुरक्षा तथा उनीहरुलाई हेर्ने दृश्टिोणमा परिवर्तन गर्नु पर्ने कुरा पनि अन्तक्रियामा वोल्ने वक्ताहरुले वताए ।
वीरगन्ज महानगरपालिका सहित प्रदेश नं. २ को पर्यटकिय स्थलहरुको प्रचार प्रसार हुनु पर्ने तथा त्यसको लागि राजनितिक कमिटमेन्टको पनि जरुरी रहेको कुरामा वक्ताहरुले जोड दिए । वीरगन्ज महानगरपालिकाले वीरगन्ज नगर भित्रको पर्यटकिय गन्तव्यहरुको पहिचान गरी त्यसको सम्वद्र्धन प्रबर्धनमा जोड दिनु पर्नेहरु पनि अन्तक्रियामा वोल्ने वक्ताहरुले माग उठाए ।
वीरगन्जको होटल मकालुमा भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओमप्रकाश सर्राफको सभापतित्वमा तथा वीरगन्ज महानुपालिकाका मेयर विजय कुमार सरावगीको प्रमुख आथित्यामा सम्पन्न भएको कार्यक्रममा वीरगन्ज महानगरपालिका उप मेयर शान्ति कार्की,वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता,नेपाली काग्रेसका नेता श्याम पटेल,नेकपाका महानगर कमिटि अध्यक्ष रहबर अंसारी,होटल व्यवसायी संघ प्रदेश नं. २ का सदस्य हरि पन्त लगायतको सहभागिता रहेको थियो ।
यस अघि विहान वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी सहितको टोली वीरगन्ज शंकराचार्य गेटमै पुगेर नेपाल भित्रेका पर्यटकलाई स्वागत गरेका थिए । अतिथी देवो भवः को नारा लेखिएको व्यानर सहित स्वगात टोली शंकराचार्य गेटमा पुगेका थिए ।