• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ठप्प

  • वीरगंज संजाल
  • Aug 18, 2019, 5:11 pm
  • ४१८७

    हेटौडा : भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौँडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौँडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा आठ वर्ष ढिला भइसक्दा पनि काम नसकेको भन्दै आइकन टेली लिमिटेड भारतसँग प्राधिकरणले गत वैशाखमा ठेक्का तोडेको हो ।

    आइकन टेलीसँगको ठेक्का तोडे पनि प्राधिकरणले नयाँ ठेक्का भने आह्वान गरेको छैन । करीब चार महीनायता काम हुनसकेको छैन, अब नयाँ ठेक्काको प्रक्रिया भने शुरु भइसकेको जनाइएको छ । चाँडै नै प्रसारण लाइनको काम शुरु हुने आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवाल बताउनुभयोे । विश्व बैंकको ऋणमा निर्माण भइरहेको प्रसारण लाइनको काममा भइरहेको ढिलासुस्तीप्रति बैंकले नै असन्तुष्टि जनाएपछि ठेक्का रद्द गरिएको जैसवालले जानकारी दिए ।

    विश्व बैंकको स्वीकृति आउने बित्तिकै ठेक्का आह्वान हुने उहाँको भनाइ छ । हेटौँडा–भरतपुर प्रसारण लाइनको काम ६४ प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । सन् २००९ मार्च ९ मा दुई वर्ष्भित्र सम्पन्न गर्ने गरी आइकन टेली लिमिटेड भारतसँग सम्झौता गरिएको थियो । प्राधिकरणले उक्त कम्पनीलाई ११ पटकसम्म म्याद थप गर्दा पनि काम भने सम्पन्न हुनसकेन । एक अर्ब ६० करोडमा काम शुरु गरेको कम्पनीले लगानी जुटाउन नसकेपछि प्राधिकरणले ठेक्का सम्झौता तोडेको आयोजना प्रमुख जैसवालले जानकारी दिए ।

    प्राधिकरणले कम्पनीको बैंक खाता नै रोक्का गरेको छ । हेटौँडा–भरतपुर प्रसारण लाइनमा २२६ वटा टावर निर्माण गर्नुपर्नेमा १६४ वटा टावर निर्माण सकिएको छ । एक बर्षभित्र सम्पन्न गर्ने गरी एक अर्ब ३९ करोड रुपैयाँ बराबरको ठेक्का निकाल्ने तयारी भएको आयोजनाले जनाएको छ ।

    आयोजनाको भरतपुर–बर्दघाट क्षेत्रको काम भने तीव्र गतिमा अघि बढिरहेको आयोजनाले जनाएको छ । भरतपुर–बर्दघाट प्रसारण लाइनको काम ५० प्रतिशत सकिएको बताइएको छ । उक्त खण्डको ठेक्का चिनियाँ कम्पनी हेम्टन अप्टिकल इलेक्ट्रिक कम्पनी लिमिटेडले लिएको छ । ५५ लाख डलरमा सम्झौता भएको उक्त प्रसारण लाइनको काम चालू आर्थिक वर्षमा नै सकिने आयोजनाले जनाएको छ । कामको प्रगति निकै सन्तोषजनक रहेको बताउँदै जैसवालले काम थालेको एक वर्षमा नै ५० प्रतिशत काम सकिएको जानकारी दिए ।

    भरतपुर–बर्दघाट खण्डको २४६ वटा टावरमध्ये ११९ वटा टावरको निर्माण सकिएको छ । १५२ वटाको फाउण्डेशन सकिएको र दशवटाको फाउण्डेशनको काम जारी रहेको आयोजनाले जनाएको छ । १८ महीनामा कामसक्ने गरी २०७५ साउनमा हेम्टन अप्टिकल इलेक्ट्रिक कम्पनीसँग प्राधिकरणले सम्झौता गरेको थियो । विसं २०७६ माघसम्म कम्पनीको समय बाँकी नै छ । अहिले निर्माणको क्षेत्रमा कुनै ठूलो समस्या नदेखिएको आयोजना प्रमुख जैसवालले जानकारी दिए ।

    यसैगरी विश्व बैंकको सहयोगमा हेटौँडा–११ थानाभ¥याङमा प्रसारण लाइनका लागि सबस्टेशन निर्माणको काम पनि धमाधम भइरहेको छ । हेटौँडा–ढल्केवर–इनरुवा ४०० केभिएका लागि सबस्टेशन निर्माणको काम पनि भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ
  • अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो
  • नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड
  • विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन, डा. चापागाईंलाई जिम्मेवारी

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    News

    अव्यवस्थित तार व्यवस्थापनमा जुट्यो वीरगञ्ज महानगर, इन्टरनेट सेवा प्रदायकलाई छलफलमा बोलाइयो

    News

    नेपाल अडिटर्स एसोसिएसनको २१औँ स्थापना दिवसमा वीरगञ्जमा प्रभातफेरी, पेशागत एकता र आचारसंहितामा जोड

    News

    विदेशबाट फर्कने नेपालीलाई सरकारले भन्यो: नचिनेको व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउनुस्

    News

    गाजाबाट सेना फिर्ता नगर्ने नेतन्याहुको चेतावनी: हमास पूर्ण निःशस्त्र हुनुपर्ने सर्त

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑