काठमाडौं । एसिड आक्रमणमा परेकी मुस्कान खातुन र जेनी खड्कालाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।वीरगञ्जमा मुस्कन खातुनमाथिए एसिड आक्रमण भएको थियो भने, काठमाडौंको कालोपुलमा जेनी खड्कामाथि एसिड आक्रमण भएको थियो ।
जेनी र मुस्कानको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्रिपरिषदको पछिल्लो बैठकले जेनी र मुस्कानको उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।काभ्रेकी जेनी खड्कालाई गत जेठ १ गते उनकै श्रीमान विष्णु भुजेलले एसिड प्रहार गरेका थिए ।मुस्कानलाई गत भदौ २० गते प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै सम्साद मियाँले एसिड प्रहार गरेका थिए ।