भारतीय प्रधानमन्त्री मोदीको भुटान भ्रमण, विपक्षी नेतासँग भेटघाट
वीरगंज संजाल
Aug 18, 2019, 11:56 am
२०९९
थिम्पु : भुटानको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा पेमा ग्याम्त्सोसँग भेटवार्ता गरेका छन्।
दुबै नेताबीच भारत–भुटानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार विमर्श भएको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्।
डा. पेमा भुटानको राष्ट्रिय सभामा मुख्य विपक्षी दलका नेता हुन्। प्रधानमन्त्री मोदीले भुटानसँग जलविद्युत बाहेकका अरू क्षेत्रमा पनि सहयोग गर्न तत्पर रहेको बताए। मोदी भुटानको दुई दिने भ्रमणका सिलसिलामा शनिबार त्यहाँ पुगेका हुन्।