ट्रकसँग भ्यान ठोक्किँदा ११ जनाको मृत्यु, चार गम्भीर घाइते
वीरगंज संजाल
Aug 18, 2019, 11:53 am
१८५९
काठमाडौं : थाइल्याण्डमा ट्रकसँग भ्यान ठोक्किँदा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्। एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको हो।
स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार उक्त दुर्घटना भएको हो। भ्यानमा भिसा नवीकरणका लागि लाओसका कामदारहरू सवार थिए। उनीहरू सा काओ प्रान्तबाट चान्थाबुरी अध्यागमन कार्यालयतर्फ गइरहेका थिए।
प्रहरीले भ्यानका चालक निदाएको हुन सक्ने बताएको छ। राजमार्गमा उक्त भ्यान विपरीत दिशातर्फ गएर अर्को ट्रकलाई ठक्कर दिएको थियो। उद्धारकर्मीहरूले मृतक एवं घाइतेको तत्कालै उद्धार गरेका थिए।