विरगंज | खानामा सलादको रुपमा प्रयोग गरिने गाँजरमा प्रशस्त मात्रामा भिटामिन ए, बिटा क्यारोटीन, मिनरल्स,, एन्टी अक्सिडेन्ट हुन्छ । जुन शरीरका लागि लाभदायी हुन्छ ।गाँजरको नियमति सेवन गर्नाले आँखा तेजिलो हुनुका साथै मोतिबिन्दु, रतन्धो लगायतका समस्या समाधान गर्न मद्दत मिल्छ । गाँजरको सेवनले शरीरका बिकार पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।
गाँजर खानाले शरीरमा यौनक्षमतामा बृद्धि ल्याउनुका साथै मूलाको रसमा गाजरको रस मिलाएर सेवन गर्नाले यौन क्षमता बढाउन मद्दत मिल्छ । गाँजरको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा शक्ति पैदा गर्छ|गाँजरको नियमित सेवनले पाचन शक्ति बढाउनुका साथै अल्सर तथा फोक्सो, स्तन, कोलोन क्यान्सर जस्ता खतरनाक रोग लाग्नबट बचाउँछ । गाँजरमा प्रशस्त मात्रामा भिटामिन इ हुन्छ । जसले रगतमा क्यान्सरका कोष बिकसित हुनबाट रोक्छ ।
गाँजरमा हुने क्याल्सियमले महिला तथा बालबलिकाको हड्डीको विकासमा सहयोग गर्छ ।गाँजरको नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने लगायतका समस्या कम हुन्छन् । साथै छालाको चमक बढाउँछ भिटामिन ए, एन्टिअक्सिडेन्ट लगायतका तत्वले छालालाई घामबाट बचाउँछ ।