विरगंज को मेनरोड फराकिलो गर्ने मुद्दाको पेशी अब कैले
वीरगंज संजाल
२९ मंसिर २०७६, आईतवार २३:१३
३८१५
वीरगंज | वीरगंजको मेनरोड फराकिलो गर्ने विषयमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी सरेको छ ।आइतवार मुद्दा पेशी सूचीमा रहे पनि न्यायाधीशको मृत्यु भएको कारण सर्वोच्चका सबै बेन्च स्थगित भएर मुद्दाको पेशी पुस ८ गतेको लागि सरेको छ ।
सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि सडक विभागले छठपछि वीरगंजको मेनरोडका घरटहरा तोड्ने काम रोकिएको हो ।