

वीरगंज । चित्रगुप्त समितिको सहकार्य एवं चित्रान्स युवा समितिको आयोजनामा आज वीरगंजको आदर्शनगर फिल्डमा ऐतिहासिक “कायस्थ प्रिमियर लिग सिजन–२” भव्यताका साथ सुरु भएको छ। आज बिहान ११:०० बजे वीरगंजको आदर्शनगर फिल्डमा विशेष समारोहबीच प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो।
श्री चित्रगुप्त समितिका अध्यक्ष महेश दासको सभापतित्वमा सम्पन्न यस उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने पूर्वमन्त्री एवं संरक्षक समितिका अध्यक्ष लक्ष्मण लाल कर्ण विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो।
कार्यक्रममा वृद्ध प्र. श्रीवास्तव, ललन प्र. श्रीवास्तव, प्रभु नारायण कर्ण, डा. कमलेश्वर दत्त, डा. आलोक दत्त, राजन श्रीवास्तव, नितेश कुमार दास, रत्नेश श्रीवास्तव, मिहिर कर्ण, घनश्याम लाल कर्ण, राजेश लाल कर्ण, हरिशंकर लाल कर्ण, सुरेश चंद्र गुप्ता, डा. नितेश कर्ण, दीपक कंठ र डा. अच्युतानंद कर्णलगायतका विभिन्न विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।
त्यसैगरी, यस खेलकुद महोत्सवको समाचार सम्प्रेषण एवं सञ्चार सहजीकरणका लागि वीरगंज सञ्जालका कृष्ण श्रीवास्तवसहित सञ्चारकर्मीहरू जाकिर, सौरव र अर्जुन गुप्ताको सक्रिय उपस्थिति रहेको थियो। यस किसिमका प्रतियोगिताले युवाहरूमा खेलकुदप्रतिको उत्साह बढाउनुका साथै समुदायबीच आपसी सद्भाव र एकतालाई अझ सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ।
