

वीरगन्ज । वीरगन्जमा अत्याधुनिक प्रविधिसहितको ‘टेस्ला इमेजिङ सेन्टर’ सञ्चालनमा, उत्कृष्ट स्वास्थ्य सेवा उपलब्धवीरगन्ज | स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ आयाम थप्दै वीरगन्जको विर्तास्थित मुख्य सडकमा विर्ता वडा प्रहरी कार्यालयको ठीक अगाडि टेस्ला इमेजिङ सेन्टर औपचारिक रूपमा सञ्चालनमा आएको छ। यस सेन्टरले कृत्रिम बौद्धिकता अर्थात एआई प्रविधिसहितको अत्याधुनिक उपकरणमार्फत बिरामीहरूलाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा प्रदान गर्ने भएको छ। सेन्टरले ३डी/४डी युएसजी सेवामार्फत गर्भवती महिलाहरूका लागि स्पष्ट तस्बिर र विस्तृत रिपोर्टसहित बच्चाको अवस्था सहजै हेर्न सकिने प्रविधि उपलब्ध गराएको छ।
यसबाहेक यहाँ अब्डोमिनल तथा पेल्भिस युएसजी, थाइराइड, ब्रेस्ट र स्क्रोटम युएसजी, भास्कुलर कलर डपलर, कलेजो स्वास्थ्य परीक्षणका लागि फाइब्रोस्क्यान, र टीभीएस सेवा उपलब्ध छन्। साथै, एफएनएसी, बायोप्सी, पिगटेल ड्रेनेज, र प्लुरल वा एसाइटिक ट्यापिङजस्ता युएसजी गाइडेड आईआर प्रक्रियाका साथै सीटी र एमआरआई रिपोर्टिङ सेवा पनि यहाँबाट प्रदान गरिन्छ।



यस टेस्ला इमेजिङ सेन्टरमा राष्ट्रका ख्यातिप्राप्त तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूले सेवा दिँदै आएका छन्। मनिपालबाट एमबीबीएस र त्रिवि शिक्षण अस्पताल काठमाडौंबाट एमडी तथा २०२२ को ओपन क्याटेगोरीमा सीइई एमडीएमएस नेपाल टपर रहनुभएका डा. आलोक यादव यस सेन्टरमा रेडियोलोजिष्ट तथा इमेजिङ विशेषज्ञको रूपमा हुनुहुन्छ। यसैगरी, नारायणी अस्पताल वीरगन्जमा कार्यरत स्त्रीरोग, प्रसुती रोग, स्त्रीरोग क्यान्सर विशेषज्ञ तथा ल्यापारोस्कोपिक सर्जन डा. शाहीन अन्सारी (एमबीबीएस, एमडी, फेलोसिप इन गायनेकोलोजिकल अनकोलोजी र ल्यापारोस्कोपिक सर्जरी) ले पनि सेवा प्रदान गर्नुहुन्छ।
यसका साथै, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंबाट डीएम कार्डियोलोजी गर्नुभएका तथा नारायणी अस्पताल वीरगन्जका वरिष्ठ कन्सल्टेंट फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. अरुण कुमार कर्णको सेवासमेत यहाँ उपलब्ध छ। स्पष्ट तस्बिर, सही उत्तर र स्वस्थ भविष्यलाई आफ्नो पहिलो प्राथमिकता मानेको यो सेन्टर विर्ता-४, मेन रोडमा अवस्थित छ।


