परदेश न दुई कै ईतिहास मा निजगढमा भोली हुने विशाल जनसभाको सम्पुर्ण तयारी पुरा
वीरगंज संजाल
९ मंसिर २०७६, सोमबार १९:५९
७१२३
बारा । रामसरन यादव । नेकपा प्रदेश २ को कार्यालयले भोली बाराको निजगढमा आयोजन हुन गइरहेको वृहत अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
नेकपा प्रदेश २ को कार्यालयले आज निजगढमा पत्रकार सम्मेलनको आयोजना गरेर भोली निजगढ बजारमा हुने विशाल जनसभा कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
नेकपा प्रदेश २ को आयोजना एवं पुर्व मन्त्री प्रभु साहको विशेष पहलमा हुन गइरहेको विशाल जनसभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष प्रचण्ड सहित विभिन्न मन्त्रीहरु आउने पत्रकार सम्मेलनमा बताईएको छ । पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डको प्रमुख आतिथ्य तथा पार्टीका प्रदेश २ का अध्यक्ष एवं संघिय सांसद प्रभु साहको अध्यक्षतामा हुनगईरहेको विशाल जनसभामा विशिष्ट अतिथिको रुपमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, पार्टीका महासचिव विष्णु
पौडेल, उर्जा, जल श्रोत तथा सिचाई मन्त्री वर्षमान पुन, उधोग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मनी पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्री योगेश कुमार भट्टराई, वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र भौतिक पुर्वाधार तथा वातावरण मन्त्री वसन्त कुमार नेम्वाङ आउन लागेको बताईएको छ ।
सरकारका अति विशिष्ट व्यक्तिहरु आईरहेकोले कार्यक्रमको वरीपरी सुरक्षा व्यवस्था काडा बनाईने छ । प्रदेश २ को समग्र विकास र समृद्धिको लागि यो जनसभाको आयोजना गरिएको पुर्व मन्त्री समेत रहेका सांसद प्रभु साहले बताएका छन । निजगढ काठमार्डौ फास्ट्रयाक, अन्तर्रास्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, पुर्वपच्छिम रेलमार्ग, सुनकोशी मरिण डाईभर्सन,
विशेष आर्थिक क्षेत्र, पेट्रोलियम पाईपलाईन, व्यापारिक मार्ग, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सुपर जोन, जोन कार्यक्रम, तराई मधेश समृद्धि लगाएतका कार्यक्रमहरुलाई प्रभावकारी कार्यान्वयन गर्न सभामा विशेष सम्बोधन हुने सांसद साहते बताए ।