• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    थापाथली गोदाममा ४८२ क्वीन्टल चामल कुहियो

  • वीरगंज संजाल
  • Nov 19, 2019, 7:01 am
  • ५९४३

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीको चरम लापरबाहीका कारण लाखौं मूल्य बराबरको चामल गोदाममै कुहिएको छ।नागरिकलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्ने लिमिटेडले समयमा नै चामल व्यवस्थापन गर्न नसक्दा ठूलो परिमाणको चामल गोदाममै कुहिएको हो। सर्वसाधारण विपन्न नागरिक भने बाहिर धेरै मूल्य तिरेर चामल किन्न बाध्य छन्।

    काठमाडौंको थापाथलीस्थित कम्पनीको अञ्चल कार्यालयको गोदाममा राखिएको ४ सय ८७.२२ क्विन्टल चामल कुहिएको खबर आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन्।चामल गोदाम नम्बर २४ र ३० मा राखिएको छ । २४ नम्बर गोदाममा ३ सय २३।१७ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४।०५ क्विन्टल बास्मती चामल कुहिएको अवस्थामा रहेको छ।

    कम्पनीले बास्मती चामल प्रतिकिलो ८३ रुपैयाँमा बिक्री गर्दै आएको छ । प्रतिकिलो ८३ रुपैयाँको हिसाबले हेर्ने हो भने ४० लाख ४३ हजार ९२६ रुपैयाँ मूल्यबराबरको चामल गोदाममै कुहिएको छ । चामलमा अत्यधिक धुलोको मात्रा हुँदा गुणस्तर विश्लेषण गर्न समेत कठिन पाइएको छ।यसैगरी, थापाथली गोदाममा रहेको कर्णालीको तिते फापरसमेत कम्पनीले बिक्री गर्न नसकेर बिग्रिएको छ । कम्पनीको तथ्यांकअनुसार थापाथली गोदाममा ६ सय ४८ क्विन्टल तीते फापर रहेको छ।

    कम्पनीले २०७३ सालमा कर्णालीका किसानसँग किनेर ल्याएको तीते फापर बिक्री गर्न नसकेर गोदाममै बिग्रिएको अवस्थामा रहेको दाबी कम्पनी स्रोतको छ।स्रोतका अनुसार कम्पनीका केही कर्मचारीले आप्नो स्वार्थका लागि गुणस्तरहीन चामल किनेर वर्षौदेखि गोदाममै थन्काएर राख्दा करोडौँको खाद्यान्न कुहिने अवस्थामा रहेको छ । स्रोतले भन्यो, ‘आप्mनो स्वार्थ पूरा गर्न खाद्यान्न बिक्री गर्ने नयाँ योजना नल्याएर गोदाममै खाद्यान्न वस्तु थन्क्याउने काम भएको छ।’

    खाद्यान्नको गुणस्तर व्यवस्थापन गर्न ६ महिनामा एकपटक गोदाममा राखेको सबै खाद्यान्नलाई सफा गरेर चेक जाँच गर्नुपर्ने हुन्छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी थापाथलीको तथ्यांकअनुसार थापाथली गोदाममा २५ हजार क्विन्टल चामल मौज्दात छ।तीमध्ये जापनीज चामल १७ हजार ५ सय क्विन्टल, बास्मती ११ सय क्विन्टल, सोना मनसुली २४ सय ८४ क्विन्टल, जिरा मसिनो २६ सय क्विन्टल मौज्दात छ।यसैगरी, कर्णालीको सिमी ६ सय ७८ क्विन्टल र तीते फापर ६ सय ४८ क्विन्टल मौज्दात रहेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश सवार गाडी भीमफेदीमा दुर्घटना,६ जना घाइते
  • थाक्रे गाउँपालिकाको महादेववेशी स्वास्थ्य चौकीमा मेडिकल अधिकृत नियुक्त, स्वास्थ्य सेवा थप प्रभावकारी हुने अपेक्षा
  • जुरिखेत दुर्घटना अपडेट: ४ घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत ल्याइयो काठमाडौँ
  • बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश सवार गाडी भीमफेदीमा दुर्घटना,६ जना घाइते

    थाक्रे गाउँपालिकाको महादेववेशी स्वास्थ्य चौकीमा मेडिकल अधिकृत नियुक्त, स्वास्थ्य सेवा थप प्रभावकारी हुने अपेक्षा

    जुरिखेत दुर्घटना अपडेट: ४ घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत ल्याइयो काठमाडौँ

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    २० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल

    प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।

    म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

    किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै

    तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ

    उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश सवार गाडी भीमफेदीमा दुर्घटना,६ जना घाइते

    थाक्रे गाउँपालिकाको महादेववेशी स्वास्थ्य चौकीमा मेडिकल अधिकृत नियुक्त, स्वास्थ्य सेवा थप प्रभावकारी हुने अपेक्षा

    जुरिखेत दुर्घटना अपडेट: ४ घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत ल्याइयो काठमाडौँ

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश सवार गाडी भीमफेदीमा दुर्घटना,६ जना घाइते

    News

    थाक्रे गाउँपालिकाको महादेववेशी स्वास्थ्य चौकीमा मेडिकल अधिकृत नियुक्त, स्वास्थ्य सेवा थप प्रभावकारी हुने अपेक्षा

    News

    जुरिखेत दुर्घटना अपडेट: ४ घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत ल्याइयो काठमाडौँ

    News

    बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार

    News

    हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑