• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको सडक विस्तार अन्योलमा! के भन्छन मेयर,सडक विभाग,र के भन्छ कानून ?

  • वीरगंज संजाल
  • ३ मंसिर २०७६, मंगलवार ०६:५५
  • ५९२३

    वीरगञ्ज । सडक विभागले त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको सडक अतिक्रमण हटाउने सूचना निकालेसँगै यो व्यापारिक शहरका बासिन्दामा एउटा चासो तीव्र गतिमा सञ्चार हुन्छ– के अब मुख्य सडक टुट्ने नै भयो त ? बितेका ५ वर्षमा ६ पटक यस्ता सूचना निस्किसकेका छन् । तर, वीरगञ्जमा सडक विस्तारको अन्योलले अहिलेसम्म निकास पाउन सकेको छैन ।

    पछिल्लो पटक छठ पर्वलगत्तै वीरगञ्जको गण्डकदेखि मितेरीपुलसम्मको सडक क्षेत्रमा पर्ने संरचना हटाइने सूचना निक्लिएपछि यसको पक्ष र विपक्षमा वीरगञ्जका बासिन्दाको मत बाँडिएको मात्र छैन, कानूनी दाउपेचले विस्तारको योजना यतिबेला अन्योलमा छ । वीरगञ्जको मुख्य सडक खण्डमा बसोबास गर्नेहरूमध्ये केही बासिन्दा मुआब्जा नदिई सडक विस्तार नपाइने मागसहित सर्वोच्च अदालतमा पुगेका छन् । सर्वोच्च अदालतले सडक विस्तारको काम यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    स्वार्थ आआफ्नै 
    सडकको मापदण्डअनुसार त्रिभुवन राजपथलाई ५० मीटर फराकिलो बनाइनुपर्ने विषयमा मुख्य सडकखण्डमा घरजग्गा भएका बासिन्दा सकारात्मक छैनन् । उनीहरूमध्ये अधिकांश मुख्य सडकको विकल्पमा अन्य सडक निर्माण भइसकेकाले यो सडकलाई ५० मीटर फराकिलो बनाउन आवश्यक नरहेको तर्क गर्छन् । मुख्य सडक दायाँबायाँका घर भत्काउन नहुने र भत्काउनै परे मुआब्जा पाउनुपर्ने माग लिएर मन्त्रालयमा डेलिगेशनदेखि अदालतसम्म धाउनेक्रम बाक्लिएको छ ।

    विस्तार योजनाबाट क्षति बेहोर्न नपर्नेहरू सडकको मध्यभागबाट दायाँबायाँ २५/२५ मीटर विस्तार हुनुपर्ने पक्षमा खुलेरै लागेका छन् । वीरगञ्जको गण्डकसम्म ५० मीटर सडक क्षेत्रका संरचना यसअघि नै हटाइसकिएको छ । विकास संघर्ष समितिको नाममा केही युवाले सडक विस्तारलाई तत्काल अघि बढाउन दबाब पनि दिइरहेका छन् । गण्डकसम्मका लागि एउटा र सहरी क्षेत्रका लागि अलग मापदण्ड कायम गरिनु विभेद हुने तर्क उनीहरूको छ । फराकिला सडक नै विकासको पूर्वाधार हो भन्ने मत पनि बलियो छ ।

    पर्खाइमा सडक विभाग  
    अदालतको अल्पकालीन आदेशका कारण सडक विस्तारको काम रोकिएको वीरगञ्ज पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख सञ्जयकुमार मिश्रले बताए । ‘छठ पर्वलगत्तै (१७ कात्तिक) देखि सडक क्षेत्रमा पर्ने संरचना हटाउने सूचना निकालिएको थियो । तर, अब अदालतको अर्को आदेशको पर्खाइमा छौं,’ मिश्रले आर्थिक अभियानसित भने ।

    गत असोज ७ गते परेको रीटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । कात्तिक ४ का लागि तोकिएको पहिलो पेशी २४ गतेका लागि सारिएको थियो । पेशी सरेर मंसिर १० गतेका लागि तोकिएपछि सडक विस्तारको प्रक्रिया पनि रोकिएको आयोजनाले बताएको छ ।

    यसअघि पनि यही सडकखण्डमा पर्ने परवानीपुरका बासिन्दाले मुआब्जा नदिएसम्म सडक विस्तार रोक्न माग गर्दै सर्वोच्चमा रीट हालेका थिए । क्षतिको लगत राखेर काम अघि बढाउन आदेश दिए पनि त्यहाँ सडक दाँयाँबायाँ २५/२५ मीटरमा पर्ने संरचना हटाइएको थियो ।

    मेयरको तर्क
    वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगी वीरगञ्ज नगरक्षेत्रमा मुख्य सडक ५० मीटर आवश्यक नभएको बताउँछन् । वीरगञ्जमा मुख्य सडकको विकल्पमा अन्य सडक निर्माण भइसकेकाले वीरगञ्जको मौलिकतालाई जोगाएर पनि विकास गर्न सकिने तर्क सरावगीको छ । ‘सडक दायाँबायाँ २५/२५ मीटर कायम गर्दा थुप्रै संरचनाहरू भत्किने र कतिपयको उठिबास नै हुने  भएकाले १५/१५ मीटर फराकिलो बनाए पुग्छ,’ सरावगी भन्छन्, ‘भत्काउनै पर्ने हो भने मुआब्जा दिएरमात्रै काम अघि बढाउनु पर्दछ ।’

    मेयर सरावगीको घरसमेत मुख्य सडकखण्डमा पर्दछ । वीरगञ्ज नगर परिषद्ले समेत अघिल्लो वर्ष मुख्य सडक १५/१५ मीटर बनाउने निर्णय गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अनुरोध पठाएको थियो । तर, मन्त्रालयले सडकको मापदण्डअनुसार २५/२५ मीटर विस्तार हुने बताइरहेको छ । अहिले वीरगञ्जको मुख्य बजारक्षेत्रको सडक १० देखि १२ मीटर फराकिलो छ । सवारी आवागमन बढी हुने समयमा जामको समस्या बढ्दै गएको छ ।

    वीरगञ्ज उद्योग वाणिज्य संघको प्रयास
    वीरगञ्जको मुख्य बजारमा ५० मीटर सडक विस्तार गरेर सयौं मानिसलाई सडकमा ल्याउनु र संरचनाको विनाश गर्नु व्यावहारिक विकास नभएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया बताउँछन् । अबको केही समयमै वीरगञ्ज भन्सार पूर्णरूपमा एकीकृत जाँच चौकी (आईसीपी)मा स्थानान्तरण हुने र त्यहाँदेखि परवानीपुरसम्म ६ लेनको सडक निर्माण भइरहेकाले मुख्य बजारमा ५० मीटर बाटो नचाहिँने अध्यक्ष केडियाको तर्क । ‘नगरको पूर्वतर्फ ६ लेनको बाईपास, इनरबाईपास र नगर विकासको ४० फिटको सडकले नगरक्षेत्रको आवागमन सहज हुने भएकाले मुख्य बजार क्षेत्रमा १५/१५ मीटर सडक पर्याप्त हुन्छ,’ उनले भने ।

    संघले यो एजेन्डामा सरकारलाई सहमत तुल्याउन राजनीतिक दलका स्थानीय नेतासहितको प्रतिनिधिमण्डललाई लिएर केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै पुगेको थियो । मन्त्री रघुवीर महासेठले आफैंले स्थलगत अवलोकन गरी निर्णय गर्ने आश्वासन दिएर फर्काइदिएका थिए ।

    के भन्छ कानून ? 
    सरकारले २०३१ सालमा ल्याएको सार्वजनिक सडक ऐनले राजमार्गको २५/२५ मीटर दायाँबायाँलाई सडक सीमा निर्धारण गरेको छ । ऐनले यो सीमाबाहेक ६/६ मीटर छोडेरमात्रै संरचना निर्माण गरिनुपर्ने व्यवस्था गरेको छ । ऐन कार्यान्वयनमा आएको ४० वर्ष बितिसक्दा पनि सरोकारका निकायहरूले वीरगञ्जमा सडक दायरामा पर्ने सम्पत्तिबाट कर र राजस्व असुल गरिरहेका छन् । सरकारले त्यतिबेलै मुख्य सडकखण्डका जग्गाधनीलाई मुआब्जा लिन पटकपटक सार्वजनिक सूचना गरेकोमा उनीहरू लिन नगएको बताइएको छ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑