बिधालयहरु लाई २ दिन भित्र शुल्क फिर्ता गराउन मागका साथ प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएका छ्न
वीरगंज संजाल
१ मंसिर २०७६, आईतवार १९:२८
३१७७
वीरगंज । आज नेपाल विद्यार्थी सघ पर्सा ले प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएका छन । नेपाल विद्यार्थी संघ का पर्सा जिल्ला उपाध्यक्ष विवेक पटेल को नेतृत्व मा गएको टोलि ले प्रमुख जिल्ला अधिकारी संग शेक्षिक बेथिती सुधार को निम्ति भएको पहिले को
सम्झौता अहिले सम्म लागू हुन नसकेको तथा बिरगंज का बिधालयहरु ले मन परि शुल्क विद्यार्थीहरु संग असुली रहेका प्रती नेबि सघ को गम्भीर ध्यानाकर्षण भएको छ।त्यस्तै वीरगञ्ज वडा नं १४ मा अवस्थित गुरुकुल एकेडेमी ले ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीहरु संग रजिष्ट्रेशन शूल्क र परिक्षा शुल्कको नाममा तीन गुणा सम्म बढी शुल्क असुल्दै आएको र सम्पूर्ण अध्ययनरत
बिधार्थीहरु संग चैत मसान्त सम्म शुल्क एकमुष्ट कार्तिक महिनामै जबरदस्ती तिराउदै आएकोमा बिधार्थी तथा अभिभावकहरुलाई मानसिक र आर्थिक भारको चपेटामा राखी सास्ती दिँदै आएको छ। यस्तो बडि शुल्क लिने बिधालयहरु लाई २ दिन भित्र शुल्क फिर्ता गराउन माग गरेको छ।
ज्ञापनपत्र बुझाउने मा ने.बि. संघ सचिव अब्दुल कयुम, इमरान आलम,मोनाजिर आलम, प्रकाश रौनियार, दीपक पटेल(माया) लगायत का विद्यार्थी नेताहरु उपस्थिति रहेको थियोे ।भनी हाम्रा सहकर्मी मयंक गुप्ता ले जनाएका छन।