
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कमरेड रहबर अन्सारीले बलियो र सशक्त कमिटि बनाउनमा मद्दत पुर्याउन हाथोमालो गरेर आपसी तनावलाई सुमुधुर सम्बन्ध कायम गर्दै जाने लक्ष्यका साथ आफ्नो महानगरको वार्डहरुमा तीव्र गतिका साथ लागि परेका बताए । वडा नं. १ देखि ३२ वडामा सकृय भई यस्तै खाले दुवै पार्टीका कार्यकर्ताहरुलाई समन्वय गरि समिति बनाउन लागेको भन्दै आउदो दिनमा पर्सा जिल्लामा सब भन्दा ठुलो पार्टीको रुपमा रहेका नेकपालाई अझ सशक्त र बलियो बनाउनका लागि आफु रातोदिन मिहिनेत गरी रहेको कुरा बताए ।

