नारायणी अस्पतालको पोस्टमार्टम प्रक्रिया हचुवाको तालमा, प्रमाण नभेट्दा अधिकांश मुद्दामा अपराधी जोगिने गरेको प्रहरीको दाबी
वीरगंज संजाल
२८ आश्विन २०७६, मंगलवार ००:०७
४५४१
वीरगंज | नारायणी अस्पतालमा हुने गरेको पोस्टमार्टम हचुवाको तालमा भइरहेको प्रहरी अधिकृतले जानकारी गराएपछि अस्पताल व्यवस्थापनप्रति गम्भीर आरोप लागेको छ । प्रहरी अधिकृतका अनुसार चिरफार गरेर मात्र नारायणी अस्पतालमा पोस्टमार्टम हुने गरेको तर परीक्ष्Fणको लागि कुनै संसाधन नहुँदा धेरै घटनामा अन्योल रहने गरेकोछ ।
अहिलेसम्म दर्जनौं घटनाको प्रमाण प्रहरीकहाँ नआएपछि अपराधीहरू उम्किंदैछन् ।गम्भीर प्रकृतिको मुद्दामा स्वास्थ्य परीक्षणको लागि काठमाडौं पठाउँदा धेरै समय लाग्ने गरेको प्रहरी अधिकृतले बताए । सोही क्रममा भदौ ५ गते पकाहामैनपुर गापा–२ सुर्जाहा निवासी २५ वर्षीय कोशिलादेवीको हत्यामा शङ्का लागेपछि उनको मृत्यु कालगतिले नभई हत्या भएको प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । कोशिलादेवीको हत्याको आरोपमा पति रामेश्वर रामलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दायर गरेको र हाल उनी पुर्पक्षको लागि पर्सा कारागारमा रहेको बताए ।
केही दिन अघि कोशिलाको पाठेघरको अपरेशन रक्सौलस्थित एक क्लिनिकमा भएको र उनको अवस्था बिग्रिएपछि उनको मृत्यु भएको भनी पतिले दाबी गरेका थिए । माइती पक्षको सहमतिमा सद्गत गर्न लाग्दा प्रहरीले शव नियन्त्रणमा लिई शिक्ष्Fण अस्पताल काठमाडौं पठाएको प्रउ राठौरले बताए । रिपोर्टमा कोशिलाको मृत्युको कारण टाउकोमा गम्भीर चोट रहेको प्रमाण भेटिएपछि पति रामलाई पक्राउ गरेको बताए।
नारायणी अस्पतालमा पोस्टमार्टम गर्ने चिकित्सकहरूका अनुसार कैंची र सियो–धागोबाहेक केही छैन । पोस्टमार्टमको लागि आवश्यक पर्ने उपकरण सरकारले उपलब्ध गराएको छैन । शङ्कास्पद शवको मात्र विभिन्न अङ्गहरू झिकी काठमाडौं पठाउने चलन लामो समयदेखि चल्दै आएको प्रउ राठौरले बताए । नारायणी अस्पतालका चिकित्सकहरूले सीमित साधन स्रोतका बीच अनुमानको भरमा पोस्टमार्टम गर्दै आएको प्रउ राठौरले जानकारी गराएका छन् ।praticdaily